Tuesday, June 3, 2014

प्रधानमन्त्री कार्यालयद्वारा सडक विस्तारमा भएको ढिलाइप्रति असन्तुष्टि प्रकट

अवरुद्ध चक्रपथ विस्तारलाई सुचारु गर्न निर्देशन
काठमाडौं, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उपत्यकाका विभिन्न ठाउ“मा सडक विस्तारमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायका अधिकारीहरूप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अवरुद्ध चक्रपथको विस्तारको कामलाई सुचारु गर्न र विस्तारित सडकमा गुणस्तरहीन काम भएको भनी उठेका गुनासोको तत्कालै सम्बोधन गर्नसमेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको काठमाडौंको विस्तारित सडकको प्रगति समीक्षा बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले माइतीघरदेखि तीनकुनेसम्म, लाजिम्पाट खानी विभागदेखि बुढानिलकण्ठसम्म, नेपाली सेनाको कम्पाउण्ड पछाडिको भद्रकाली सडक, ताहचल र छाउनी सडकलगायतमा भइरहेको ढिलाइप्रति रोष प्रकट गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।
काठमाडौं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बा“स्कोटाको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा, सहरी विकास, सूचना तथा सञ्चार मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार समितिका संयोजक बा“स्कोटाले बल्खुदेखि टियु गेटसम्मको सडकमा आरसीसी ढलान पर्खाल लगाउने काममा ढिलाइ भइरहेको, नारायण गोपाल चोकदेखि गंगालाल अस्पतालको खण्डमा काम नभएको र माइतीघर–भद्रकाली सडक खण्डमा एउटा सानो टुक्रामा काम लामो समयदेखि हुन नसकेकामा जिम्मेवारी बोध गरी काम गर्न सम्बन्धित अधिकारीलाई सजग गराए । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट बा“स्कोटाले भगवानपाउ वनस्थली सडक खण्डमा पर्ने ईश्वरी प्राविको समस्या समाधान गर्न, टंकेश्वर–तहाचल सडक खण्डमा ३ दिनभित्र कालोपत्रे सम्पन्न गर्न, ताहाचल गाहवाच्छा पाटी सडक खण्डका विद्युत् पोल एक साताभित्र हटाउन भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयलाई निर्देशन दिए ।
बा“स्कोटाले विस्तारित सडकमा पार्किङ गर्ने, पार्किङ गर्न नगरपालिकाले ठेक्का लगाउने, सडक निर्माण गर्दा निस्केको फोहोर र बा“की निर्माण सामग्री नउठाउने, डिल्लीबजारमा सडक निर्मांण गर्दा निस्किएको हिलो नहटाउने प्रवृत्तिप्रति आक्रोस व्यक्त गरेका थिए ।
विस्तार कार्यको प्रगति विवरणअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौं जिल्लामा ३१ किमि, ललिपपुरमा ७ किमि र भक्तपुरमा ३ किमि थप सडक विस्तारका लागि घर, पर्खाल र संरचना हटाउने काम भएको छ । ती स्थानमा तत्कालै ठेक्का–पट्टा गरी निर्माणको काम सुरु गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । सडक निर्माण भएका स्थानमा विद्युत्, टेलिफोनको पोल र तार तान्न तथा सडक निर्माण पूर्व नै खानेपानी र ढलका पाइप बिच्छ्याउने काममा आवश्यक समन्वय गर्नसमेत सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।
विस्तारको प्रगति विवरणअनुसार क्रममा सडक विभागअन्तर्गतका डिभिजन कार्यालयहरूबाट ५७ कि.मि., काठमाडौं महानगरपालिकाबाट १७ किमि र अधिकार सम्पन्न वाग्मती सभ्यताबाट २ किमि गरी ७६ किमि सडकमात्र कालोपत्रे सम्पन्न भएको छ ।

No comments:

Post a Comment