Tuesday, June 10, 2014

सरकारले नेतृ प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने

काठमाडौं, २६ जेठ– सरकारले नेकपा एमालेकी पोलिटब्यरो सदस्य एव जनआन्दोलन–०४६ की अग्रणी नेतृ सहाना प्रधानको सम्पूर्ण उपचार खर्च व्यहोेर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नातर्फबाट निमित्त मुख्यसचिव कृष्ण्ँहरि बा“स्कोटालाई सोमबार राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा प्रधानको स्वास्थ्य अवस्थाबारे बुझ्न पठाएर उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन् ।
बा“स्कोटाले प्रधानका छोरा उमेश श्रेष्ठलाई उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीले सन्देश पठाएको जानकारी गराएको मन्त्रिपरिषद कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्रीका तर्फबाट प्रधानको उपचारमा संलग्न चिकित्सक डा. विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । 

प्रत्युत्तरमा कार्कीले नेपालमा उपलब्ध सकै प्रविधि र पद्धतिको प्रयोग गरी प्रधानको उपचार गरिने जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्री कोइरालाका तर्फबाट प्रधानको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । निमित्त मुख्यसचिव बा“स्कोटाले स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रविण्ँ मिश्रलाई पूर्वमन्त्रीसमेत रहेकी प्रधानको उपचारको आवश्यक प्रबन्ध मिलाउन निर्देशनसमेत दिएका छन् ।

प्रधानको स्वास्थ्य स्थिति स्थिर
प्रधानको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरूले जनाएका छन् । उनको मष्तिस्कघात र अन्य शारीरिक अवस्था स्थिर छ । उनको फोक्सोमा भएको निमोनियाको संक्रमणमा भने थोरै मात्रामा सुधार देखिन थालेको छ । 
बिहिबार राती श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार बिहान बल्खुस्थित बयोदा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ । ‘उहा“को स्वास्थ्य अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ उपचारमा संलग्न छाती रोग विशेषज्ञ संगीत कसजुले भने, ‘विशेष ध्यानमा राखेर उपचार गरिरहे पनि खुसी हुनुपर्ने गरी सुधार हुन सकेको छैन ।’
श्वास प्रश्वासमा समस्या उत्पन्न भएपछि बेहोस भएकी प्रधानको चार दिन पछि पनि होस खुल्न सकेको छैन । उनको मेकानिकल भेन्टिलेरटरमा (अक्सिजन) राखेर उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी उनलाई नाकबाट पेटसम्म पुग्ने खानाको पाइप लगाएर चिकित्सकीय पद्धति अनुसार पौष्टिक तत्व मिलाएर खाना खुवाइरहेको डाक्टर कसजुले जानकारी दिए । 

No comments:

Post a Comment