Thursday, August 30, 2018

द्वन्द्वमा बेपत्ता १२ जना भेटिए

काठमाडौं, १४ भदौ– बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका १२ जना घर फर्किएको जनाएको छ । 
आयोगले उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गंगा मण्डल, बर्दियाका धनबहादुर खडा, चितवनका गंगाधर तिमिल्सिना र ओखलढुंगाका गोपी भट्टराई छन् ।
आयोगका अनुसार द्वन्द्वकालमा बेपत्ता इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कु“वरसमेत घर फर्किएका हुन् ।

बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी आयोगले दिएका छ । बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरूप आफूहरूले सरकारबाट लिइसकेको १० लाख रुपैया“ फिर्ता गर्नुपर्छ कि भनेर आयोगमा फोन सम्पर्क गरिरहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment