Tuesday, August 7, 2018

द काठमान्डु पोस्टको प्रधान सम्पादकमा काफ्ले

काठमाडौं, २२ साउन– द काठमान्डु पोस्टको प्रधान सम्पादकमा अनुप काफ्ले मंगलबार नियुक्त भएका छन् । उनले कान्तिपुर मिडिया ग्रुप (केएमजी) को ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् । 
केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले काफ्लेलाई पोस्टको प्रधान सम्पादक तथा ‘डिजिटल ट्रान्सफर्मेसन’ प्रमुख नियुक्त गरिएको घोषणा गर्दै भने, ‘उहा“को नेतृत्वमा द काठमान्डु पोस्टले नया“ उचाइ लिनेछ ।’ डिजिटल प्रमुखका रूपमा काफ्लेले कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् ।

काफ्ले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित पत्रिका द वासिङ्टन पोस्टलगायतमा काम गरिसकेका अनुभवी पत्रकार हुन् । ३४ वर्षीय काफ्लेले पछिल्लो समय अनलाइन प्रकाशन रोड्स एन्ड किङडम्सको सम्पादकीय तथा ‘ग्रोथ स्ट्रटेजी’ को नेतृत्व गरिरहेका थिए । उनले लन्डनमा रहेर बजफिडको नायब अन्तर्राष्ट्रिय सम्पादकका रूपमा समेत काम गरेका थिए । काफ्लेले अमेरिकी प्रकाशनहरूका लागि अन्तर्राष्ट्रिय समाचार लेखन तथा सम्पादनका साथै नेपालका प्रमुख घटनाक्रमहरूमाथि कलम चलाएका छन् । 
आफूले लामो समय देशबाहिर रहेर पत्रकारिता गरे पनि नेपालप्रतिको चासो निरन्तर रहेको काफ्लेले बताए । ‘मैले जहा“ बसेर पत्रकारिता गरे पनि नेपालका समाचार नेपाली दृष्टिकोणसहित बाहिर भन्नुपर्छ भन्ने सधैं लागिरह्यो,’ उनले भने, ‘त्यसैका लागि म पटक–पटक नेपाल आइरहें र लेखिरहें ।’
अध्यक्ष सिरोहियाले काफ्लेको कार्यकालमा द काठमान्डु पोस्ट अझ बढी उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले निवर्तमान प्रधान सम्पादक उपाध्यायलाई १० वर्ष द काठमान्डु पोस्टमा रहेर गरेको योगदानको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामनासहित बिदाइ गरे । उपाध्यायले एक महिनाअघि राजीनामा दिएका थिए । 

No comments:

Post a Comment