Tuesday, August 21, 2018

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी थप छ दिन बिदामा

काठमाडौं, ३ भदौ– संघीय संसदको सुनुवाई समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आइतबारदेखि थप छ दिन बिदामा बसेका छन् ।
सुनुवाइ समितिबाट अस्वीकृत भएको भोलिपल्टदेखि जोशी राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराई १५ दिन बिदामा बसेका थिए । उनको १५ दिन बिदा आइतबारदेखि सकिएको थियो । 
जोशी आइतबार नै पुनः राष्ट्रपति भण्डारीलाई जानकारी गराई थप छ दिन बिदामा बसेका हुन् । उनले ‘भैपरी बिदा’ बसेको जानकारी सर्वोच्च प्रशासनले दिएको छ ।
सबभन्दा वरिष्ठ न्यायाधीश जोशी आइतबारदेखि सर्वोच्चमा हाजिर भए कायममुकायम प्रधानन्यायाधीश को हुने भन्ने अन्यौल थियो । जोशीको पुनः बिदामा बस्ने निर्णयले सर्वोच्चमा देखिएको अन्यौल अन्त्य भयो । 

जोशी बिदा बसेको दिनदेखि नै उनीपछिका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा दैनिक पेसी तोके । प्रधानन्यायाधीश पद रिक्त रहेका बेला सबभन्दा वरिष्ठ न्यायाधीश नै कामु प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ ।

No comments:

Post a Comment