Friday, August 31, 2018

जमिन फाटेपछि ५ घर भत्किए, १४ घर धरापमा


काठमाडौं, १५ भदौ– बुढानीलकण्ठ नगरपालिका( विष्णुमति टुसालमा शुक्रबार जमिन चिरिएर फाटेपछि ५ वटा घर भत्केका छन् । जमिन फाटेपछि थप १४ घरसमेत धरापमा परेको जानकारी बुढानीलकण्ड प्रहरी प्रभागका प्रहरी जवान टोपबहादुर शाहीले दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ, सुशीला बस्नेतको घर भत्किएको छ । शाहीले जमिन चिरा परेर घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहा“ मानवीय क्षति भने नभएको जानकारी दिए । उनका अनुसार मानवीय क्षति हुन नदिन प्रहरीले काम गरिरहेको छ ।

स्थानीय विजेन्द्र बुढाथोकीका अनुसार उक्त ठाउ“मा चार÷पा“च दिनदेखि नै जमिनमा चिरा पर्न थालेको थियो । बिहीबार भूगर्भविदको टोली आएर चिरा परेको ठाउ“ अवलोकन गरेका थिए । पानी बढी पर्न थालेपछि चिरा बढै गएको र घर भत्कन थालेकोसमेत बुढाथोकीले जानकारी दिए । चिरा परेको ठाउ“मा पहिला डा“डो थियो । खारेर प्लटिङ गरिएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने अनुमान भूगर्भविदले गरेका छन् ।


No comments:

Post a Comment