Tuesday, August 14, 2018

संसदीय समितिको सभापतिको चुनाव भदौ ५ मा

काठमाडौं, २८ साउन– प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति चयन गर्न भदौ ५ चुनाव गर्ने तिथि तय गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापतिको चुनावको मिति तय भएको जानकारी दिए । 
समितिका सभापतिहरूको चुनाव भइनसकेकाले हाल बैठकको अध्यक्षता ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । संघीय संसदको सचिवालयले सोमबार नै चुनावको कार्यक्रम प्रकाशित गरेको छ ।
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति छन् । 


No comments:

Post a Comment