Tuesday, August 21, 2018

राप्रपाका सबै पदाधिकारी पदमुक्त

काठमाडौं, ४ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई सोमबारदेखि लागू हुने गरी पदमुक्त गरेको छ । संशोधित विधानको भावनाअनुरूप केन्द्रीय समिति पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका सबै पदाधिकारी र सदस्यलाई पदमुक्त गरिएको राप्रपाले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।
विज्ञप्तिका अनुसार अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको छ ।

राप्रपाको नया“ विधानले पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरेको छ । केन्द्रीय कार्यसमिति २ सय ७७ सदस्यीय हुने व्यवस्था विधानमा छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक÷एक जना केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी पार्टी निर्वाचन हुने व्यवस्था विधानमा गरिएको छ । 
विधानमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यमध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनयन हुने व्यवस्था गरिएको छ । 

No comments:

Post a Comment