Thursday, August 16, 2018

तीन वर्षमा सबै स्थानीय तह र वडाका कार्यालय भवन बनाइने

१ खर्ब ३१ करोड खर्च लाग्ने 
काठमाडौ, ३० साउन– सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई आगामी तीन वर्षमा कार्यालय भवन निर्माण गरिसक्न ५ करोडदेखि १५ करोड रुपैया“ रकम उपलब्ध गराउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण स्थानीय तह र तिनका वडा कार्यालय भवन बनाउनका रकम वितरण गर्ने कार्यविधि बनाएको छ । 
मन्त्रिपरिषदले ‘स्थानीय तहको प्रशासनिक भवन निर्माणसम्बन्धी कार्यविधि–२०७५’ पारित गरेपछि मन्त्रालयले स्थानीय तहहरूलाई भवन निर्माण गर्न रकम वितरण गर्न थाल्नेछ । सरकारले तीन वर्षभित्रै ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ६ सय ८० वटा वडा कार्यालय भवनसमेत निर्माण गरिसक्ने भएको छ । ७ सय ५३ वटै स्थानीय तह र तिनका वडा कार्यालय भवन निर्माण गर्न १ खर्ब ३१ करोड रुपैया“ खर्च लाग्ने जानकारी संघीय मामिला मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार कार्यालय भवन बनाउन सरकारले ६ महानगरलाई १५/१५ करोड, ११ उपमहानगरलाई १०/१० करोड, २७६ नगरपालिकालाई ८/८ करोड र ४६० गाउ“पालिकालाई ५/५ करोड रुपैया“ रकम वितरण गर्ने कार्यविधिमा प्रस्ताव गरिएको छ ।

आफ्न भवन नहु“दा स्थानीय तह र वडा कार्यालयहरूलाई काम गर्न समस्या परिरहेको छ । ‘त्यही कारण सबै स्थानीय तह र तिनको वडा कार्यालय भवन तीन वर्षभत्रमा बनाइसक्न हामीले कार्यविधि बनाएको हौं, मन्त्रिपरिषदले पारित गरेपछि स्थानीय तहलाई भवन बनाउन तोकिएको रकम दिन थाल्नेछौं’ संघीय मामिलाका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार कार्यालय भवन बनाउन ६ महानगरलाई ९० करोड, ११ उपमहानगरलाई १ अर्ब १० करोड, २७६ नगरपाकिालाई २२ अर्ब ८ करोड, ४६० गाउ“पालिकालाई २३ अर्ब रुपैया“ वितरण गरिनेछ । स्थानीय तहहरूले सरकारबाट प्राप्त रकमबाट टेन्डर आह्वान गरी आ–आफ्ना कार्यालय भवन आफैं बनाउन पाउने छन् ।
सरकारले महानगर, उपमहानगर र नगरपालिकाका वडा कार्यालय भवन बनाउन डेढ करोड रुपैया“का दरले रकम प्रदान गर्ने भएको छ ।  महानगर, उपमहानगर र नगरपालिकाका ३ हजार ५ सय २७ वटा कार्यालय भवन बनाउन सरकारको ५२ अर्ब ९० करोड रुपैया“ खर्च हुनेछ । वडा कार्यालय भवन सम्बन्धित महानगर, उपमहानगर र नगरपालिका र गाउ“पालिकाले नै टेन्डर आह्वान गरी निर्माण गर्ने छन् ।
सरकारले ४ सय ६० गाउ“पालिकामा वडा कार्यालय भवनहरू बनाउन १ करोड रुपैया“का दरले रकम प्रदान गर्ने भएको छ । सम्पूर्ण गाउ“पालिकाका ३ हजार १ सय ५३ वटा वडा कार्यालय भवन बनाउन ३१ अर्ब ५३ करोड रुपैया“ खर्च लाग्नेछ ।



No comments:

Post a Comment