Monday, August 27, 2018

राजपाद्वारा कर नबढाउन निर्देशन

शहिद परिवारलाई रोजगारी दिन निर्देशन
काठमाडौं, १२ भदौ– राष्ट्रिय जनता पार्टी (राजपा) ले आÏनो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई कुनै पनि बहानामा कर नबढाउन निर्देशन दिएको छ । राजपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखहरूस“गको छलफलमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरूले सर्वसाधारणलाई समस्या हुने गरी कुनै किसिमको कर नलगाउन र नबढाउन निर्देशन दिएका हुन् ।
पार्टीले प्रमुख÷उपप्रमुखलाई नया“ कर नथप्न र पुरानै करलाई ग्राहयता दिनसमेत निर्देशन दिएको छ । छलफलका क्रममा राजपाका प्रमुख र उपप्रमुखहरूले आफूहरूले अहिलेसम्म कुनै किसिमको कर वृद्धि नगरेको जानकारी शीर्ष नेतालाई गराएका छन् ।

बैठकमा पार्टीका शीर्ष नेताहरूले आफ्नो पार्टीबाट निर्वाचित प्रमुख÷उपप्रमुखहरूलाई शहीद परिवारका एक जनालाई अनिवार्य रूपमा रोजगारी दिनसमेत निर्देशन दिएका छन् । ‘पार्टीले आ–आफना स्थानीय तहमा शहीद परिवार भए उनीहरूको परिवारका एक÷एक जनालाई अनिवार्य रुपमा रोजगारी दिन प्रमुख÷उपप्रमुखलाई निर्देशन दिएको छ’ छलफलमा सहभागी एक नेताले भने ।

No comments:

Post a Comment