Thursday, August 23, 2018

विश्वकर्मा दोस्रोपटक अदालतबाटै पक्राउ

काठमाडौं, ७ भदौ– प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई बिहीबार दोस्रोपटक अदालत परिसरबाटै पक्राउ गरेको छ ।
सर्वोच्चको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।
नेकपाले भोजपुरमा गराएको बम विष्फोटको घटनामा विश्वकर्मासमेत संलग्न भएकाले उनलाई पक्राउ गरिएको जानकारी काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार विश्वकर्मालाई भोजपुर लगेर हिरासतमा राखिनेछ र त्यही“ नै मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।
यसअघि चन्दा असुलीको अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । 

रिहालगत्तै प्रहरीले विश्वकर्मालाई पहिलोपटक अदालत परिसरबाटै पक्राउ गरी काभ्रेको एक उद्योगमा तोडफोड गरेको घटनामा संलग्न भएको अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाएको थियो ।

No comments:

Post a Comment