Sunday, August 12, 2018

कोहलपुरदेखि दुहवीसम्म दुई घन्टा विद्युत कटौती हुने

काठमाडौं, २६ साउन– विद्युत प्राधिकरणले कोहलपुरदेखि दुहबीेसम्म औद्योगिक फिडरहरूमार्फत आपूर्ति हुने ग्राहकहरूमा चार दिन सा“झको २ घन्टा बिजुली कटौती हुने जनाएको छ । 
प्राधिकरणद्वारा शनिबार जारी सूचनामा उक्त क्षेत्रमा विशेष गरी १३२ केभी, ६६ केभी र ३३ केभीका सबस्टेसनहरूबाट विद्युत आपूर्ति हुने ग्राहकहरूमा सोमबारदेखि बिहीबारसम्म राति ९ देखि ११ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ ।

१३२ केभी क्षमतामा सञ्चालन भइरहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभीमा स्तरोन्नति गर्नका लागि सबस्टेसनहरूमा संरचना मिलाउने क्रममा उक्त प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द हुने भएकाले दुई दिन उक्त क्षेत्रमा चार दिन दुई घन्टाका दरले बिजुली कटौती गर्नुपरेको प्राधिकराण्ले जनाएको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्षमताको प्रसारण लाइन हो । प्राधिकरणले यसलाई थप स्तरोन्नति गरी ४ सय केभी क्षमतामा नै सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ ।

No comments:

Post a Comment