Tuesday, August 7, 2018

संसदमा कांग्रेसको प्रश्न, ’जोशी आयोग्य भए सिफारिस गर्ने प्रधानमन्त्री कसरी योग्य ?’

काठमाडौं, २१ असार– सत्तारूढ नेकपाले दुई तिहाइको दम्भमा ससदीय सुनुवाइ समितिबाट बिना आधार प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरूले सुनुवाइ समितिको निर्णयका कारण स्वतन्त्र रहनुपर्ने न्यायपालिका कार्यपालिकाको लाचार छाया हुने खतरा बढेको दाबीसमेत गरे ।
‘दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उहा“को नाम सिफारिस गर्ने प्रधानमन्त्रीको हैसियत के हुने ?’ कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने– बिनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा सुनुवाइ समितिबाट गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौं, निर्णय मान्दैनौं ।’  

कांग्रेस सांसद पुष्पा भुसालले सुनुवाइ समितिको निर्णय लोकतन्त्रको रक्षक न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको बताइन् । 
सत्तारूढ नेकपाका सांसद विरोध खतिवडाले कांग्रेसका सांसदहरूको भनाइको प्रतिवाद गर्दै प्रतिपक्षको भूमिका उच्छृङखलतातिर उन्मुख भएको आरोप लगाए । ‘लोकतन्त्रमा दुई तिहाइलाई एक तिहाइले नियन्त्रण गर्न मिल्छ कि मिल्दैन, यदि नियन्त्रण गर्न खोज्ने हो भने हामी त्यसलाई प्रतिवाद गर्न तयार छौं’ उनले भने । नेकपाकै अर्का सांसद हृदयेश त्रिपाठीले समितिको निर्णयलाई चुनौतीलाई दिने अधिकार कसैलाई पनि नभएको दाबी गरे ।
नेकपाकी पूर्णाकुमारी सुवेदीले विधिसम्मत प्रक्रिया पु¥याएर समितिबाट भएको निर्णयप्रति प्रश्न उठाउनुको औचित्य नभएको बताइन् ।

No comments:

Post a Comment