Tuesday, August 7, 2018

मिडिया सोसाइटीको अध्यक्षमा कँडेल

काठमाडौं, २१ असार– नेपाली मूलधारका आम सञ्चार मँध्यम (मूल प्रवाहक प्रकाशन गृह र स्याटेलाइट टेलिभिजन) हरूको छाता संगठन मिडिया सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल निर्वाचित भएका छन् । 
मिडिया सोसाइटको दोस्रो साधारण सभाले सोमबार एबीसी न्युजका अध्यक्ष तथा निर्वतमान महासचिव कँडेलको नेतृत्वमा नया“ कार्य समिति चयन गरेको हो ।
सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङ, महासचिवमा आर्थिक अभियान दैनिकका प्रकाशक मदन लम्साल, सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र  कारोबार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेललाई निर्वाचित भएका छन् ।

साधारणसभाले निर्वतमान महासचिव कँडेलले प्रस्तुत गरेको आगामी कार्यकालको योजना तथा विगतको समीक्षा प्रतिवेदनलाई पारित गरेको छ । साधारणसभाले प्राव्।धान पूरा भएका सबै सञ्चार माध्यमलाई सदस्यता दिने निर्णय गर्नुका साथै अन्य प्रसारक तथा प्रकाशनसम्वन्धी संगठनहरूलाई समेत एसोसिएट सदस्यका रूपमा समेट्ने प्रस्तावसमेत पारित गरेको छ । छिमेकी तथा अन्य देशका समकक्षी संगठनहरूस“ग सहकार्य अघि बढाउ“ंदै दक्षिण तथा दक्षिण पूर्वी एशिया क्षेत्रमा मिडियाको विकास, समस्या र चुनौतीका विषयमा बहस, छलफल तथा कार्यशाला गोष्ठीहरू गर्ने निर्णयसमेत मिडिया सोसाइटीले गरेको छ ।
साधारण सभालाई पूर्व अध्यक्ष तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलास सिरोहियालगायतका अगुवाले मिडियालाई स्वच्छ, स्वतन्त्र र मर्यादित व्यवसायका रुपमा अघि बढाउन सबै एकजुट हुनु पर्ने धारणा राखेका थिए । हाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्था सदस्य छन् । 

No comments:

Post a Comment