Sunday, October 13, 2019

सिनो हाइड्रोसित मेलम्चीको अर्को ठेक्का सम्झौता

सुरुङको बाँकी कामको ठेक्का पाएको कम्पनीलाई नै ‘हेड वक्र्स’ निर्माणको जिम्मा
काठमाडौं, २५ असोज– मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच मेलम्चीमा खोलामा बाँध बाँधी सुरुङमा पानी डाइभर्सन गर्ने ‘हेड वक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता भएको छ । मेलम्ची आयोजनाको सुरुङ निर्माणको बाँकी कामको ठेक्का पाएको सिनो होइड्रोले नै दोस्रो ठूलो संरचना ‘हेड वक्र्स’ समेत १ अर्ब २ करोड रुपैयाँमा बनाउने ठेक्का पाएको हो ।
समिति र सिनो हाइड्रोबीच शुक्रबार हेड वक्र्स निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी आयोजनाका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सिनो हाइड्रोले यसअघि नै सुरुङको बाँकी कामको पहिलो ठेक्का सम्झौता गरी प्रारम्भिक काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले ७५ करोड रुपैयाँमा सुरुङको बा“की काम निर्माण गर्ने ठेक्का पाएको छ ।ठेक्का सम्झौतामा सिनो हाइड्रोले १५ महिनामा ‘हेडवक्र्स’ को काम सम्पन्न गर्नु पर्ने शर्त छ । सिनो हाइड्रोले १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्ने गरी ठेक्का सम्झौता भएको जानकारी आयोजनाले दिएको छ । हेड वक्र्सको काम तोकिएको समयभन्दा अगाडि सक्न आयोजनाले सिनो हाइड्रोलाई बोनस दिने भएको छ । तोकिएको समयभन्दा जति दिन अगाडि सक्छ, ठेकेदार कम्पनीले त्यति दिनको काम गरेबापतको बोनस पाउने छ । बोनस पाउन ठेकेदारले काम छिटो सक्ने विश्वास आयोजनाका अधिकारीहरूको छ ।
हेड वक्र्स निर्माणका लागि १५ महिनाको समय दिइए पनि सुरुङको बाँकी काम त्योभन्दा अगाडि सकिने भएकाले कम्तीमा एक वर्षभित्रै मेलम्चीको पानी राजधानी आइपुग्ने दाबी खानेपानी मन्त्रालयको छ । मेलम्ची खोलामा हेड वक्र्स निर्माण सम्पन्न हुनुअघि नै सामान्य बाँध बनाएर पानी डाइभर्सन गरी सुरुङ हुँदै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा ल्याउन र राजधानीमा वितरण गर्न सकिने मन्त्रालयका अधिकारीहरू बताउ“छन् ।
इटालियन निर्माण कम्पनी सीएमसीले झन्डै एक वर्षअघि काम छोडेर हिडेपछि समितिले उससितको मेलम्चीको ठेक्का तोडेको हो । त्यसपछि खुला प्रतिस्पर्धाबाट छनौट भएको सिनो हाइड्रोलाई आयोजनाका मुख्य दुई संरचना सुरुङको बाँकी काम र हेड वक्र्स निर्माण गर्ने छुट्टाछुट्टै ठेक्का दिइएको हो । मेलम्ची आयोजनाका अरू संरचना निर्माणको काम भने नेपाली ठेकेदार कम्पनीहरूलाई दिइएको छ ।
सीएमसीले ठेक्का तोडेका कारण मेलम्चीको खानेपानी राजधानी ल्याउने समयतालिका एक वर्ष पछाडि धकेलिएको छ । यही दसैंमा आयोजनाको निर्माण सम्पन्न गरी मेलम्चीको पानी राजधानी ल्याइसक्ने समयतालिका थियो । सीएमसीले काम छाडेको झन्डै एक वर्षपछि नयाँ ठेक्का सम्झौता भएकाले पानी ल्याउने समयतालिका एक वर्ष पछि सरेको खानेपानी मन्त्रालयका अधिकारी बताउ“छन् ।

No comments:

Post a Comment