Sunday, October 27, 2019

सरकार लोकतन्त्र कमजोर पार्ने षड्यन्त्रमा : देउवा

काठमाडौं, ९ कात्तिक– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्मविपरीत अनुदार विधेयक ल्याएर जनताको अधिकार कुण्ठित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक उपलब्धिलाई कामजोर पार्ने खेलमा लागेको भन्दै उनले त्यसको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए ।
‘सरकारले अनुदार विधेयक ल्याएर लोकतान्त्रिक अधिकार र मूल्यमान्यतामाथि एकपछि अर्को आक्रमण गरिरहेको छ,’ कांग्रेसको काठमाडौं क्षेत्र नं. ६ कार्यसमितिद्वारा राजधानीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सरकारको षड्यन्त्र परास्त गरी लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट र सुदृढ हुनैपर्छ ।’
पार्टीभित्र अन्तर्घात बढेका कारण अघिल्लो प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा कांग्रेसले पराजय भोग्नुपरेको उल्लेख गर्दै देउवाले आफू पार्टीलाई एकजुट बनाएर अघि बढ्न गम्भीर रहेको बताए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस संगठन विस्तारमा लाग्नुपर्ने र कार्यकर्ता त्यसका लागि तयार हुनुपर्ने बताए । कांग्रेस रूपान्तरणका लागि जागरण अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । कांग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट÷उपगुट अन्त्य भएमात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुन सक्ने उल्लेख गर्दै त्यसतर्फ गम्भीर हुन सभापति देउवालाई आग्रह गरे ।

No comments:

Post a Comment