Thursday, October 17, 2019

सईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) सहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई खरिदार घूससहित पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग थलीका सई विपिनचन्द्र पन्त, पर्साको साविक श्रीसिया नौतज गाविसका तत्कालीन सचिवद्वय जितेन्द्रकुमार मिश्र र सत्यदेवप्रसाद हजाम तथा उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
सई पन्तले गाडी दुर्घटना मुद्दामा मिलापत्र गरिदिएबापत सेवाग्राहीबाट ५ हजार रुपैया“ घूस लिई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । मिश्र, हजाम र गोढले कामै नगरी सडकमा माटो पुरेर ग्राभेलिङ गरेको भनी ४ लाख रुपैया“ हिनामिना गरेको उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै सई पन्त, मिश्र र हजाम सेवाबाट निलम्बित भएका छन् । अख्तियारले तीनै जनालाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई घूससहित पक्राउ गरेको छ । जग्गाको मोही नामसारी गर्ने क्रममा सेवाग्राहीसँग लिएको ६ हजार रुपैयाँ घूससहित मिश्र र चौधरी पक्राउ परेका हुन् ।

No comments:

Post a Comment