Saturday, October 19, 2019

वन अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी, मनोजकुमार शर्मा, भक्तपुर नापी कार्यालयका नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी छन् ।
वन अधिकृत चौधरी र वन कार्यालय रहेका घरका मालिक मनोजकुमार शर्माले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको ट्याक्टरको मुद्दा मिलाइदिने क्रममा सेवाग्राहीस“ग ६५ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले दुई जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले घूस लिई भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भक्तपुरका नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशीविरुद्ध मुद्दा दायर गरेको छ । छानबिनबाट जोशीद्वयले फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चका नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
मुद्दा दायर भएसँगै वन अधिकृत चौधरी, नापी सर्भेक्षक सिद्धराज जोशी र वीरभद्र जोशी सेवाबाट निलम्बित भएका छन् । अख्तियारले चारै जना अभियुक्तलाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।


No comments:

Post a Comment