Sunday, October 20, 2019

साढे १९ लाख भ्रष्टाचार आरोपमा मुद्दा

काठमाडौं, २ कात्तिक– विद्युतीकरणका लागि निकासा भएको झन्डै साढे १९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तनहु“को साबिक धरमपानी गाविसस्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरुङसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूले विद्युतीकरणका लागि आएको १९ लाख ४० हजार ९ सय २७ रुपैयाँ खर्चै नगरी हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
समाजका अध्यक्ष गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले साबिक धरमपानी गाविस र जिविसको उक्त अनुदान हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले दुवैलाई भ्रष्टाचार निवारण ऐनबमोजिम डेढ वर्ष जेल सजाय र बिगोबराबर जरिवाना मागदाबी गरेको छ ।

No comments:

Post a Comment