Thursday, October 31, 2019

उम्मेदवार छान्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, १३ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठकमा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टी समितिहरूले सिफारिस गरेका नामावलीमाथि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा उपचुनाव हुने प्रदेश र जिल्लामा पार्टीको जागरण अभियानमा खटिएका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् ।
बैठकमा समसामयिक राजनीति, उपचुनावमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत एजेन्डामा समेत छलफल हुनेछ । पदाधिकारी तहको छलफलमा हुने सहमतिका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार दिउ“सो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
उपचुनाव हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेका छन् । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा धरान उपमहानगरका प्रमुख एक, गाउ“पालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हु“दै छ ।

No comments:

Post a Comment