Thursday, October 17, 2019

स्वीकृति लिएरमात्र कार्यक्रम गर्न दूतावासको आग्रह

काठमाडौं, २९ असोज– कतारको दोहास्थित नेपाली दूतावासले कतारको स्थानीय कानुन र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।
कतारको स्थानीय प्रशासनले नेपाली समुदायबाट त्यहाँको प्रचलित कानुनविपरीत गतिविधि भइरहेकोतर्फ दूतावासको ध्यानाकर्षण गराउँदै त्यसलाई रोक्न आग्रह गरेको थियो । कतारको आग्रहपछि दूतावासले बुधबार सूचना जारी गरी कतारी सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र राजनीतिक, सामाजिक र धार्मिक गतिविधि गर्न नेपाली समुदायलाई सजग गराएको हो ।
कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई नेपाली समुदायले भेला, बैठक आयोजना गर्ने, चन्दा संकलन गर्ने गरेको पाइएपछि दूतावासले कतारी कानुनको पालना गर्न नेपालीलाई आग्रह गरेको हो ।

No comments:

Post a Comment