Saturday, April 25, 2020

आरडीटी भरपर्दो छैन, पीसीआर परिक्षणलाई तीव्रता देऊ : मानव अधिकार आयोग

‘लकडाउन र सामाजिक दुरीको पालना नहुँदा संक्रमणको जोखिम बढ्यो’
काठमाडौं, १३ वैशाख– मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परिक्षण गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले शनिबार विज्ञप्ति जारी गरी अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेकाले कारोना संक्रमणको यकिन गर्न पीसीआर परिक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारलाई निर्देशन दिइएको छ ।

विज्ञप्तिमा आयोगले लकडाउनका बाबजुद केही दिन्यता उदयपुरलगायतका जिल्लाका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएकोतर्फ गम्भीर भई थप सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दुरीको पालना नभएको देखिएको र त्यसबाट संक्रमणको जोखिम झन् बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
अनुगमनका क्रममा काठमाडौँ उपत्यका र विभिन्न सहरबाट मानिसहरू भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा खचाखचयुक्त हाटबजारहरू यथावत सुचारु हुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरूमा पनि भीड लागी एक आपसको दुरी कायम हुन नसकेको देखिएको आयोगले जनाएको छ ।
आयोगले सामाजिक दुरी पालना नगरी भइरहेका यस्ता क्रियाकलापबाट मुलुकमा संक्रमणको जोखिम थप बढ्ने उल्लेख गर्दै लकडाउन कडाइका साथ पालना गर्न÷गराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
आयोगले संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भेन्टिलेटर, आइसोलेसन वार्ड, पीपीई, आवश्यक औषधीलगायतका सामग्री अभाव हुन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले राहत वितरणका क्रममा अपांग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, सुकुम्बासी तथा अति विपन्न वर्गका लागि विशेष ध्यान पु¥याउनसमेत आग्रह गरेको छ ।
आयोगले लकडाउनको अवधिमा बढ्दै गएको महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनलाई थप व्यवस्थित गर्नसमेत सुझाएको छ ।
सिमामा आई लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम स्वदेश फर्काएर मानव अधिकारको सम्मान गर्न संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments:

Post a Comment