Wednesday, April 15, 2020

मृत्यु संस्कारमा जानेबाहेक अरूलाई नयाँ सवारी पास जारी हुन्न : काठमाडौं जिल्ला प्रशासन

काठमाडौं, ३ वैशाख– काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अरूलाई बुधबारदेखि नयाँ सवारी पास जारी गर्ने कार्य रोकिएको जनाएको छ ।
सवारी पासको अत्यधिक मागले लकडाउन नै उल्लंघन हुने स्थिति सिर्जना भएको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासनले बुधबार सूचना जारी गरी अब नयाँ सवारी पास जारी नगर्ने निर्णय सार्वजनिक गरेका हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले लकडाउनलाई प्रभावकारी बनाउन बुधबारदेखि लागू हुनेगरी नयाँ सवारी पास वितरण स्थगित गरिएको बताए ।

औषधि, अत्यावश्यक खाद्यान्न, तरकारी, खानेपानीलगायतका सामानको ढुवानी, स्वास्थ्य सेवा र सञ्चार माध्यमसहितका लागि सातदिने म्याद राखेर यसअघि जारी पहेंलो रंगको सवारी पास वैसाख १५ सम्मका लागि काम लाग्ने जानकारीसमेत उनले दिए । 
उनले काठमाडौं जिल्ला प्रशासनले मृत्यु संस्कारमा जानका लागिमात्र नभई अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि घर फर्कनसमेत नयाँ सवारी पास जारी गरिने जानकारी दिए ।

No comments:

Post a Comment