Saturday, April 18, 2020

श्रमिक र सिमान्तकृत वर्गलाई राजधानी नछाड्न उपत्यकाका नगर प्रमुखहरूको आह्वान

‘हामी उपत्यकाभित्रै उचित राहतको व्यवस्था गर्छौं’ 
काठमाडौं, ५ वैशाख– उपत्यकाका १८ वटै नगरपालिकाका मेयरले खाना नपाएकै कारण राजधानीबाट श्रमिक, सिमान्तकृत र बिरामी घर फर्कनुपर्ने अप्रिय अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका अधिकारीहरूसितको भिडियो छलफलका क्रममा शुक्रबार उनीहरूले उपत्यकाभित्रै श्रमिक, सिमान्कृत र बिरामीलाई तत्काल आवश्यक राहत दिएर बस्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उपत्यकाका नगर प्रमुखहरूले श्रमिक र सिमान्तकृत वर्गलाई राजधानी नछाड्नसमेत आह्वान गरेका छन् ।

उपत्यकाका मेयरहरूले लकडाउनका कारण रोजगारविहीन भएका श्रमिक, सिमान्तकृत वर्ग र राजधानीमा उपचारका क्रममा आई रोकिएका बिरामीहरूका लागि आवश्यक राहत उपलब्ध गराउन १८ वटा नगरसित आर्थिक स्रोत रहेको जानकारीसमेत गराएका थिए । 

मन्त्रीद्वय त्रिपाठी र भट्टले उपत्यकाका नगर प्रमुखहरूसित राजधानीबाट बाहिरिएका हजारौं श्रमिक तथा सिमान्तकृत वर्ग र बिरामी घर फर्कने क्रममा राजमार्गमा अलपत्र परेको र अझै उपत्यकाबाट फर्कने क्रममा रहेकोबारेमा छलफल गरेका हुन् । मन्त्रीद्वयले राजधानीबाट खाना नपाएकै कारण थप श्रमिक, सिमान्तकृत वर्ग र बिरामी थाँतथलो फर्कनु पर्ने अवस्था आउन दिन नहुनेतर्फ उपत्यकाका नगर पंमुखहरूलाई सजग गराएको जानकारी संघीय मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले दिए ।
‘उपत्यकाका सबै नगर प्रमुखले आ–आफ्नो नगरपालिकाभित्र रहेका श्रमिक, सिमान्तकृत वर्ग र बिरामीका लागि राहत दिएर खाने व्यवस्था मिलाउँछौं । घर फर्कनेृ अप्रिय स्थिति आउन दिन्नौं । राहत दिन आफूहरूसित आर्थिक स्रोतसमेत छ भन्नु भएको छ’ अधिकारीले कान्तिपुरसित भने ।
छलफलपछि उपत्यकाका नगरपालिका  फोरमले शुक्रबार साँझ विज्ञप्ति जारी गरी श्रमिक तथा सिमान्तकृत वर्ग र बिरामी कसैलाई पनि राजधानीबाट नफर्कन आग्रह गर्दै बसेकै ठाउँमा तत्काल आवश्यक राहत ल्याइपु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । फोरमले समस्यामा परेका सबैलाई राहत आवश्यक पर्नासाथ आफू बसेको नगरको वडा कार्यालयमा तत्काल सूचित गर्न र राहत सूचीमा आ–आफ्नो नाम लेखाउनसमेत आग्रह गरेका छन् ।  
मन्त्रीद्वय त्रिपाठी र भट्टले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसित कोभिड–१९ को महामारीका बेला देशभरका मस्जिदमा सामूहिक नमाज पढ्ने कार्य रोक्ने बारेमा छलफल गरेका थिए ।
अन्सारीले कोरोना भाइरसको संक्रमण फैलन नदिन देशभरका मस्जिद बन्द रहेको र सामूहिक नमाज पढ्ने कार्य रोकिएको जानकारी गराउँदै मुस्लिम धर्म गुरुहरूसमेत यसप्रति सचेत रहेको बताएका थिए ।  

No comments:

Post a Comment