Thursday, April 23, 2020

देशभरबाट २५ सय श्रमिकको गुहार

‘हामी भोकै पर्यौं, तत्काल उद्धार गरिदेऊ’
काठमाडौं, १० वैशाख– मुलुकभर अलपत्र र भोकभोकै परेका २५ सयभन्दा बढी श्रमिकले आफूहरूलाई तत्काल खाना दिन र उद्धार गरिदिन सरकारसित माग गरेका छन् । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका फोकल पर्सनको नम्बरमा फोन या एसएमएस गरी ‘लकडाउन’ का कारण आफूहरूको रोजीरोटी गुमेको उल्लेख गर्दै सरकारसित गुहार मागेका हुन् ।
उनीहरूले लकडाउनसँगै आफूहरू कार्यरत उद्योग, कलकारखाना बन्द भई आफूहरू बेरोजगार भएको र भएको पैसा सकिएर खाना नपाएको उल्लेख गदै आ–आफ्नो घर पु¥याइदिन मन्त्रालयसित माग गरेका छन् ।
‘मन्त्रालयले संयन्त्र गठन गरी सात प्रदेशका फोकल पर्सनका फोन नम्बर सार्वजनिक गरेको तीन दिनमा ५ सय फोन तथा एसएमएसबाट २५ सय जनाले श्रमिकले तत्काल राहत र उद्धारको माग गरेका छन्’ संघीय मामिला मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले कान्तिपुरसित भने । उनका अनुसार उद्धार र राहत माग गरी फोकल पर्सनलाई फोन सम्पर्क गर्नेहरूको दिनदिनै बढिरहेको छ ।

उनले मन्त्रालयमा फोन र एसएमएस गर्नेमध्ये प्रायः सबैले आफूहरूलाई राहतभन्दा आ–आफ्नो घर पु¥याइदिन माग गरेको जानकारी दिए । ‘लकडाउनले काम बन्द भएदेखि हामीले खाना पाएनौं, भएको पैसा सकियो, बसेको ठाउँमा राहत पनि पाएनौ । भोकै कति दिन बस्ने, बरु हामीलाई आफ्नो गाउँघरमा पु¥याइदिनोस् भनेर लगातार फोन र एसएमएस आइरहेको छ’ अधिकारीले भने ।
उनले सरकारको नीतिअनुसार उद्धारको माग गर्ने सबैलाई जो जहाँ छन्, त्यहीँको पालिकाहरूका प्रशासकीय अधिकृतहरूलाई तत्काल राहत दिन निर्देशन दिने गरिएको जानकारी दिए ।
‘उनीहरूले हामी घर फर्किएर गाउँघरमा खेतीपाती गर्छौं, परिवारसँगै बसेर कृषिकर्मबाट गुजारा चलाउँछौं भन्ने आग्रह धेरैजसोको छ’ भन्दै उनले सरकारको नीतिअनुसार उनीहरूलाई घर फर्काउने काम भने नगरिएको जानकारी दिए ।
अलपत्र र भोकभोकै परेकालाई तत्काल राहतको व्यवस्था गर्न संघीय मामिला मन्त्रालयले सात प्रदेशका लागि एक÷एक जना उपसचिवलाई फोकल पर्सन तोकी उनीहरूको फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।
अधिकारीका अनुसार फोकल पर्सनको फोन नम्बरमा फोन या एसएमएस गरेर उद्धारका लागि गुहार माग्नेमा सबभन्दा बढी सुदूर पश्चिम र बागमती प्रदेशका छन्, सबभन्दा कम १ नं. प्रदेशका छन् । अधिकारीका अनुसार देशभर कोही पनि भोकै र अलपत्र नपरुन् भनेर मन्त्रालयले एक÷दुई दिनमै हटलाइनको समेत व्यवस्था गर्दैछ । समस्यामा परेकाहरूले फोकल पर्सनका अतिरिक्त मन्त्रालयको हटलाइनमा सम्पर्क गरी राहत माग्न सक्ने जानकारी अधिकारीले दिए ।

No comments:

Post a Comment