Sunday, December 21, 2014

तनहुँका सभासदले ऊर्जामन्त्रीको राजिनामा मागे

काठमाडौं, ६ पुस– तनहुँ जिल्लाका सभासदहरूले ‘जलमाफियाको प्रलोभन’ मा परेर तनहुँको सेती विद्युत् आयोजनाको परामर्शदाता छनौट प्रक्रिया रद्द गरेको भन्दै उर्जामन्त्री राधा ज्ञवालीको राजीनामा माग गरेका छन् ।
तनहुँका सभासदहरू शंकर भण्डारी, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, झुलबहादुर आले, आशा कोइराला, शिवलाल थापा, जनकराज जोशीले परामर्शदाता छनौट प्रक्रिया रद्द हु“दा आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक नै झस्किएको र तनहुँ हाइड्रोको भविष्य नै अन्यौलमा परेको उल्लेख गरेका छन् ।

उनीहरूले उर्जामन्त्रीको निर्णयले दाताहरू झस्किएको उल्लेख गर्दै परियोजना रद्द भए त्यसको जिम्मा मन्त्री ज्ञवाली र उनको पार्टी एमालेले लिनुपर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले राजधानीमा संयुक्त विज्ञप्ति जारी गरी मन्त्री ज्ञवालीले बदनियतपूर्ण ढंगले परियोजनाको भविष्य नै अन्यौलमा पारेको दाबी गरेका छन् । उनीहरूले मन्त्री ज्ञवालीले तत्काल निर्णय फिर्ता नगरे प्रधानमन्त्रीले हस्तÔेप गरेर भए पनि फिर्ता गराउन माग गरेका छन् । 
‘मन्त्री ज्ञवालीको निर्णयले देश र तनहुँका सम्पूर्ण जनतामाथि विश्वासघात भएको छ । निर्णय नसच्याए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं’ उनीहरूको भनाइ छ ।  

No comments:

Post a Comment