Friday, December 19, 2014

यो संविधान बनाउने अन्तिम अवसर हो : प्रधानमन्त्री कोइराला

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासका लागि संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने यो अन्तिम अवसर भएको बताएका छन् ।
संविधान निर्माणका लागि दबाब दिन मेची–महाकाली अभियान सञ्चालन गर्ने, मूल्यवृद्धि तथा गाडी भाडा घटाउने र विश्वविद्यालयमा स्ववियु चुनाव गर्नुपर्नेलगायतका माग राखी आफूलाई ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनका प्रतिनिधिहरूसित बिहीबार कोइरालाले यो अन्तिम अवसरलाई गुम्न दिन नहुने बताए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उनले नेपालले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकाले थप आन्दोलनको आवश्यकता नरहेको बताए । ‘अहिले प्राप्त उपलब्धि संस्थागत गरौं । कुनै पनि आन्दोलनको जरुरी नै हुन्न’ उनले भने ।

कोइरालाले अब  बन्ने संविधानमा सबै जातजाति, आदिबासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग, अल्पसंख्यक समुदाय तथा विभिन्न भाषा, धर्म, संस्कृति मान्ने नेपालीहरूको अधिकारको प्रत्याभूति गरिने भएकाले थप आन्दोलन आवश्यक नहुने उल्लेख गरे ।
प्रधानमन्त्रीले संविधान निर्माण, मुलुकमा शान्ति, स्थायित्व र विकास नया“ पुस्ताका लागि सबभन्दा बढी सरोकारको विषय भएको उल्लेख गर्दै विद्यार्थी संगठनहरूलाई सबै दलका नेताहरूलाई समयमै संविधान ल्याउनका लागि दबाब दिन आग्रह गरे । ‘हाम्रो भविष्यमा खेलबाड नगर्नुस् भन्ने सन्देश तपाईंहरूले सबै दलका नेतासमक्ष पु¥याउन आवश्यक छ’ कोइरालाको भनाइ थियो ।
उनले दलहरूबीच सहमति गरी संविधान निर्माण गर्ने दिशामा आफू कार्यरत रहेको उल्लेख गर्दै संविधान जारी हुनासाथ आफूले प्रधानमन्त्रीको पदत्याग गर्ने प्रतिबद्धता दोहो¥याए । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, अखिल नेपाल विद्यार्थी युनियनलगायतका ११ विद्यार्थी संगठन थिए ।

No comments:

Post a Comment