Thursday, December 25, 2014

भोटेकोसीद्वारा टावर पुनर्निर्माण सुरु

भोटेकोसी र पा“च दलबीच ६ प्रतिशत शेयरमा सहमति 
काठमाडौं, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका ७ वटा टावर पुनर्निर्माण कार्य बिहीबारदेखि सुरु गरेको छ । बुधबारै सिन्धुपाल्चोक पुगेका भोटेकोसी पावर कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले बिहीबार टावर पुनर्निर्माण कार्य सुरु गराएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय निर्माणस्थलमा आवश्यक सुरक्षा दिन तयार भएको र शेयर मागेर अवरोध गरिरहेका पा“च दलसमेत लचिलो भएपछि भोटेकोसीले आफ्नो बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने टावर पुनर्निर्माण थालेको हो ।
भोटेकोसीले बुधबारदेखि टावर पुननिर्माण सुरु गर्न लागेको थियो । अवरोध पु¥याइरहेका पा“च दलको अनुरोधमा भोटेकोसीले टावर निर्माण बिहीबारदेखि सुरु गरेको जानकारी आयोजनाका एक अधिकारीले दिएका छन् ।

कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पा“च आयोजनामा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र माओवादी तथा स्थानीय ‘गुण्डा’ को अवरोधको खुलाएर निर्माण सुचारु गर्न बिहीबार गृह र ऊर्जा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकलाई निर्देशन दिएका थिए । निर्देशनपछि पनि कोइरालाले दिनदिनै सरोकारवालाहरूलाई फोन सम्पर्क गरी काम सुचारु भए÷नभएकामा चासो दिइरहेको जानकारी स्रोतले दिएको छ ।
पा“च दलको अवरोधले टावर पुनर्निर्माण गर्न नपाएका कारण ४५ मेगावाटको भोटेकोसीको बिजुली केन्द्रीय प्रसारणमार्फत् वितरण हुन पाएको थिएन । टावर अभावका कारण भोटेकोसी आयोजना सिन्धुपाल्चोकमा पहिरो गएदेखि नै बिजुली उत्पादन बन्द गर्न बाध्य भएको थियो । भोटेकोसीको बिजुली वितरण हुन नपाएका कारण आमजनता दिनहु“ थप एक घन्टा लोडसेडिङको मार खेप्न बाध्य छन् भने आयोजनालाई दैनिक करिब ८६ लाख रुपैया“ घाटा भइरहेको थियो ।
भोटेकोसी आयोजनाले आफूले सिन्धुपाल्चोकमा टावर पुननिर्माण कार्य बिहीबारदेखि सुरु गर्नको जानकारी गराउ“दै आवश्यक सुरक्षा व्यवस्था दिन गृह मन्त्रालयलाई बुधबार लिखित अनुरोध गरेको छ । ‘भोटेकोसीले बिहीबारदेखि टावर पुननिर्माण कार्य सुरु गर्दैछु भनेर मन्त्रालयलाई पत्र दिएको छ’ गृहका प्रवक्ता लक्ष्मी ढकालले कान्तिपुरसित भने । उनले सिन्धुपाल्चोको जिल्ला प्रशासनलाई आवश्यक सुरक्षा दिन सर्कुलर जारी गरिसकिएको जानकारी दिए । अरू अवरुद्ध आयोजनामा समेत सम्बन्धितले सुरक्षा मागेमा स्थानीय प्रशासनले दिने उनले उल्लेख गरे ।

भोटेकोसी आयोजनाले असोज ३ मा पहिरोबाट क्षतिग्रस्त टावर पुनर्निर्माण कार्य सुरु गरेको थियो । तर, सत्तारूढ कांग्रेस, एमाले र राप्रपा तथा विपक्षी एमाओवादी तथा माओवादीले भोटेकोसीले स्थानीयबासीलाई शेयर नदिएसम्मका लागि टावर बनाउन नदिने भन्दै अवरोध गरेपछि अहिलेसम्म निर्माण अवरुद्ध भएको हो । कांग्रेसले आयोजनामा स्थानीयबासीलाई १० र अरू चार दलले ३५ प्रतिशत शेयर दिनुपर्ने माग राख्दै आएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि स्थानीय प्रशासन टावर पुननिर्माणमा आवश्यक सुरक्षा दिन तयार भएपछि सिन्धुपाल्चोकका पा“च दलका नेता तथा कार्यकर्ता भोटेकोसीसितको वार्तामा लचिलो भएका हुन् । वार्ताका क्रममा चार दलले आफ्नो माग घटाएर स्थानीयबासीलाई ३५ को सट्टा ११ प्रतिशत शेयर दिनुपर्ने अडान राखेका थिए ।
आयोजनाले भने स्थानीयबासीलाई ५.५ प्रतिशतसम्म शेयर दिन तयार भएको छ । आयोजना यसअघि ५ प्रतिशतमात्र शेयर दिने अडानमा थियो । आयोजनाका अधिकारी र पा“च दलका प्रतिनिधिबीच बुधबार राति स्थानीयबासीलाई ६ प्रतिशत शेयर दिने सहमति भएपछि बिहीबारदेखि टावर पुनर्निर्माण सुरु भएको हो ।













No comments:

Post a Comment