Wednesday, December 3, 2014

थप ६१ नगरपालिका घोषणा, उपमहानगरपालिका ७ वटा थपिए

२३ नगरपालिकाको क्षेत्र विस्तार, उपत्यकामा मात्र १६ नगर थपिए
काठमाडौं, १७ मंसिर– सरकारले नगरोन्मुख गाविसलाई जोडेर थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिको बुधबार बसेको बैठकले सातवटा ठूला नगरपालिकालाई स्तरोन्नति गरी उपमहानगरपालिकासमेत घोषणा गरेको छ । २३ वटा पुराना नगरपालिकामा नगरोन्मुख ९१ गाविस जोडेर नगर क्षेत्र विस्तार गरिएको छ ।
मुलुकमा थपसहित नगरपालिकाको संख्या १ सय ९१ वटा पुगेको छ । नया“ नगरपालिका घोषणा गरिएपछि मुलुकमा नगरमा बस्ने जनसंख्या ४५ प्रतिशतको हाराहारीमा पुगेको जानकारी स्थानीय विकास मन्त्रालयका अधिकारीले दिएका छन । १ सय ९१ नगरपालिकाले मुलुकको झन्डै एक तिहाइ भूभाग ओगटेको छ ।

नया“ नगरपालिकाको घोषणा र भएका नगरपालिकाको क्षेत्र विस्तार गरिएपछि मुलुकमा गाविसको संख्या ३ हजार ६ सय २५ बाट घटेर ३ हजार २ सय ७६ कायम भएको छ । गाविसको संख्या ३ सय ४९ वटा घटेका छन् । २ सय ५८ गाविसलाई जोडेर ६१ नगरपालिका बनाइएको र २३ वटा नगरपालिकामा ९१ वटा गाविस गाभिएको जानकारी स्थानीय विकास मन्त्रालयका नगरपालिका महाशाखा प्रमुख सहसचिव गोपी खनालले जानकारी दिए ।
नजिकका नगरोन्मुख गाविससमेत जोडेर सुनसरीको धरान र इटहरी, मकवानपुरको हैटौंडा, धनुषाको जनकपुर, रूपन्देहीको बुटवल, चितवनको भरतपुर र बा“केको नेपालगन्ज नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ । नया“ थप भएपछि मुलुकमा उपमहानगरको संख्या ११ पुगेको छ । यसअघि ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरमात्र उपमहानगर थिए ।
पहाडमा १० हजार जनसंख्या र वार्षिक आम्दानी ५ लाख आम्दानी हुने तथा विद्युत्, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका सुविधा र पूर्वाधार पुगेको क्षेत्रलाई नगरपालिका घोषणा गरिएको हो । तराई र अन्य क्षेत्रमा २० हजार जनसंख्या र नगरको आम्दानी ५० लाख हुने र विद्युत्, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका सुविधा र पूर्वाधार पुगेको क्षेत्रलाई नगरपालिका घोषणा गरिएको जानकारी स्थानीय विकास मन्त्रालयका खनालले दिए ।
१ लाख जनसंख्या र वार्षिक आम्दानी १० करोड भएका नगरपालिकालाई उपमहानगर बनाइएको हो । नगरोन्मुख गाविसमध्ये राजमार्गमा परेका, पुराना जिल्ला सदरमुकाम, ऐतिहासिक स्थलजस्ता प्यारामिटरका आधारमा नगरपालिका घोषणा गरिएकोसमेत खनालले उल्लेख गरे । उनका अनुसार नया“ घोषित नगरपालिकामध्ये माडीलाई इको सिटी, जिरीलाई पर्यटन सिटीका रूपमा विकसित गरिनेछ । उनले नगरपालिका घोषणाले आ–आफ्नो क्षेत्रमा विकास निर्माण र आर्थिक गतिविधि बढ्ने विश्वासले आमजनतामा उत्साह बढेको दाबीसमेत गरे ।
कतिपय गाविसलाई आवश्यक पूर्वाधार बिना नै नगरपालिका बनाइएको जानकारी स्रोतले दिएका छन् । तर खनालले भने आवश्यक पूर्वाधार पुगेको क्षेत्रलाई मात्र नगरपालिका घोषणा गरिएको दाबी गरे । उनले गाउ“मा छरिएर रहेको जनसंख्यालाई विद्युत, सञ्चार, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता अत्यावश्यक पूर्वाधार भएका क्षेत्रमा आकर्षित गर्नका लागि नया“ नगरपालिका घोषणा गरिएको र कतिपय नगरको क्षेत्र विस्तार गरिएको उल्लेख गरे ।
इटहरीलाई उपमहानगर बनाउ“दा खनार, एकम्बा, पकली र हा“सपोसा गाविस जोडिएको छ । इटहरीको वडा संख्या १७ बाट थपिएर २६ पुगेको छ । धरानमा विष्ण्ँुपादुका गाविस जोडिएको छ भने वडा संख्या ४ वटा थपिएर २७ पुगेको छ । जनकपुरलाई कुर्था, बसबिट्टी, बिन्धी, प्रको महुवा, लेहना, बैंगाशिवपुर, बसहिया, देवपुर रुपैठा, लक्ष्मीपुर बगेवा, गोपालपुर र कनकपट्टी गाविस जोडेर उपमहानगर बनाइएको हो । जनकपुरको वडा संख्या ११ बाट बढेर २७ वटा पुगेको छ । हेटौंडामा बसामाडी गाविस जोडिएको छ भने वडा संख्या ४ वटा थपिएर २९ पुगेको छ ।
भरतपुरलाई मंगलपुर, फूलबारी, गीतानगर, पटिहानी, शिवनगर गाविसलाई जोडेर उपमहानगर बनाइएको हो । वडा संख्या १५ वटा थपिएर २९ पुगेको छ । बुटवलमा सेमला र मोतिपुर गाविस जोडिएको छ । यसको वडा संख्या ७ थपिएर २२ वटा पुगेको छ ।  नेपालगन्जलाई पिप्रहवा, भवानीपुर, परसपुर, जैसपुर, उदयपुर, बसुदेवपुर, मनिकापुर, पुरैना, खासकारका“दो र इन्द्रपुर गाविस जोडेर उपमहानगर बनाइएको हो । वडा संख्या १० वटा थपिएर २२ वटा पुगेको छ ।
उपमहानगर बनाइएकाबाहेक पुराना १६ नगरपालिकामा गाविस जोडेर नगर Ôेत्र विस्तार गरिएको छ । भद्रपुर नगरपालिकामा महेशपुर र चन्द्रगढी गाविस गाभिएका छन् । धनकुटामा भिरगाउ“ र बेलहारा गाभिएका छन् । लहान नगरपालिकामा पडरिया थारुटोल, सिसवनी, यस्वन गोराछोरी, सोनामती, बस्तीपुर, गोविन्दपुर मदैया, ढोड्ना, भवानीपुर, सिराहा नगरपालिाका हनुमाननगर, सारेश्वर, माडर, खिरौना, मल्हनिया गम्हरिया, सुखबैना गाविसलाई गाभिएको छ । जलेश्वरमा अनकर, मलंगवामा मुसैली, वीरगन्जमा सिर्सिया, रामगढवा, अर्सी, सुगौली बिर्ता, हरपत गन्ज, उदयपुर घुर्मी, भवानीपुर, पसौनी बिर्ता, लिपनी बिर्ता, मनोयारी र बिन्दवासिनी गाविस, रत्ननगर नगरपालिकामा बछ्यौली र पिछुवा गाविस गाभिएको छ । 
त्यसैगरी ललितपुर नगरपालिकामा धापाखेल, सुनाकोठी, हरिसिद्धि, पोखरामा लामाचौर, भलाम, काहु“, निर्मलपोखरी, पुम्दीभुम्दी, सराङकोट, हेम्जा, किस्तीनाप्ने चौर, लेखनाथमा भरतपोखरी, गोरखामा फिनाम र नारेश्वर, व्यास नगरपालिकामा पोखरीभञ्ज्याङ, कपिलवस्तु नगरपालिकामा तिलौराकोट र गौटीहवा, वीरेन्द्रनगरमा जबुटा, तुलसीपुरमा टरिगाउ“, हलवार र उरहरी गाविस गाभिएको छ ।   
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र १६ वटा नगरपालिका थपिएको छ । काठमाडौंमा ९, भक्तपुरमा ४ र ललितपुरमा तीनवटा नगरपालिका थपिएको छ । काठमाडौं उपत्यकामा मात्र नगरपालिकाको संख्या २१ वटा पुगेको छ, काठमाडौंमा ११, भक्तपुरमा ६ र ललितपुरमा चारवटा नगरपालिका भएका छन् । काठमाडौं र भक्तपुरका सबै क्षेत्रलाई नगरपालिका बनाइएपछि यी दुई जिल्ला गाविसरहित भएका छन् ।
काठमाडौंका विभिन्न गाविसलाई जोडेर गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुर, चन्द्रागिरी, कागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानीलकण्ठ नगरपालिका घोषणा गरिएको छ । ललितपुर जिल्लामा कार्यविनायक, गोदावरी र महालक्ष्मीलाई नगरपालिका बनाइएको छ । उपत्यकाभित्र पर्ने ललितपुरको प्रस्तावित बज्रबाराही र लेलेमात्र स्थानीय विवादका कारण नगरपालिका घोषणा हुन सकेन । भक्तपुरका १६ वटा गाविसलाई चार÷चारवटा जोडेर अनन्त लिंगेश्वर, सूर्यविनायक, चा“गुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिका बनाइएको छ ।
काठमाडौंका नया“ नगरपालिकामध्ये गोकर्णेश्वरमा सुन्दरीजल, नया“पाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर, दक्षिणकालीमा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कुढुडेचौर र छैमले, तारकेश्वरमा साङ्ला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुंगा, मनमैंजु र फुटुङ, शंखरापुरमा नाङ्लेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाक्षी र सुन्टोल, चन्द्रगिरीमा थानकोट, दहचोक, नैकाप नया“ भञ्ज्याङ, बा“डभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउ“ र नैकाप पुरानो भञ्ज्याङ, टोखामा धापासी, गोंगबु, झोरमहांकाल, टोखा सरस्वती र टोखा चण्डेश्वरी, नागार्जुनमा इचंगुनारायण, रामकोट, स्युचाटार, सीतापाइला र भीमढुंगा, बुढानीलकण्ठमा महांकाल, विष्णु बुढानिलकण्ठ, कपन र चपली भद्रकाली, खडका भद्रकाली र चुनीखेल गाविसलाई गाभिएको छ ।   
ललितपुरका नया“ नगरपालिका कार्यविनायकमा सैंबु, बुङमती, छम्पी, डुकुछाप र खोकना, गोदावरीमा गोदावरी, गोदमचौर, विशंखुनारायण, ठैब र बडिखेल तथा महालक्ष्मीमा लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल गाविसलाई जोडिएको छ । भक्तपुरका नया“ नगरपालिकामा अनन्त लिंगेश्वरमा बालकोट, सिरुटार, दधिकोट र गुण्डु, सूर्यविनायकमा कटुन्जे, सिपाडोल, नंखेल र पित्तपोल, चा“गुनारायणमा चा“गुनारायण, झौखेल, दुवाकोट र छालिंग तथा महामञ्जुश्री नगरकोटमा ताथली, सुडाल, नगरकोट र बागेश्वरी गाविसलाई जोडएको छ ।  
नया“ घोषित नगरपालिकामा बैतडीमा पाटन, बर्दियामा सानोश्री, ताराताल र बा“सगढी, इलाममा देउमाई, दोलखामा जिरी, झापामा शिव सताक्षी, रामेछापमा रामेछाप र मन्थली, मोरङमा लेटाङ भोगटेनी, सिन्धुलीमा दुधौली, सुनसरीमा रामधुनी भासी, बारामा महागढीमाई, सिम्रौनगढ र कोल्हवी, धनकुटामा पाख्रीबास, रौतहटको गरुडा, भोजपुरमा खडानन्द, पर्सामा पोखरिया, संखुवासभामा मादी, चितवनमा माडी र नारायणी, सप्तरीमा सप्तकोसी, काभ्रेमा काशीखण्ड, सिराहामा गोलबजार, सिन्धुपाल्चोकमा मेलम्ची, लमजुङमा सुन्दरबजार, सोलुखुम्बुमा दुधकुण्ड, बाजुरामा बढिमालिका, कपिलवस्तुमा वाणगंगा र बुद्धबाटिका, कैलालीमा भजनी त्रिशक्ति, सुर्खेतमा भेरीगंगा, डडेल्धुरामा परशुराम (जोगबुढा), रुकुममा मुसिकोट, महोत्तरीमा बर्दिबास, दाङमा लमही र त्रिपुर, रोल्पामा लिवाङ, कञ्चनपुरमा घोडाघोडी, चा“दनी दोधारा र झलारी पिपलाडी, धनुषामा गणेशमान चारनाथ, मिथिला र सबैला छन् ।
६ वटा अस्वीकृत
६६ नगरपालिका सिफारिस गरिएकामध्ये पा“चवटा अस्वीकृत भएका छन् । स्थानीयस्तरमै विवाद भएका कारण ललितपुरको लेले र बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहु“को भिमाद रिसिङ र भानु तथा बर्दियाको बबई भने नगरपालिका घोषणा नभएको जानकारी स्थानीय विकास मन्त्रालय स्रोतले दिएको छ ।









No comments:

Post a Comment