Wednesday, December 10, 2014

सडक पनि गाडी दुर्घटनाको एउटा प्रमुख कारण


  • ५२ हजार किमी ग्रामीण सडकमध्ये ४२ हजार किमी गाडी चलाउन योग्य छैन
  • ग्रामीण सडकमा कानुनविपरीत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दो 

काठमाडौं, २४ मंसिर–  सार्वजनिक सवारीका साधनको दुर्घटना बढै जानुमा सडक, त्यसमा पनि ग्रामीण ट्रयाक (कच्ची सडक) प्रमुख कारणमध्ये एक रहेको जानाकारहरू बताउ“छन् । उनीहरूका अनुसार गाडी चलाउन योग्य भनेर प्रमाणित नगरेका देशभरका ट्रयाकमात्र खुलेका कच्ची सडकमा बिना रोड पर्मिट सवारी साधन चलाउने क्रम बढ्नाले दिनहु“जसो दुर्घटना हुने गरेको हो । 
गाडी दुर्घटना हुनुमा चालकको लापर्बाही र थोत्रा गाडी जति जिम्मेवार छन्, गाडी चलाउन योग्य नभएका सडकमा समेत बिना रोड पर्मिट जथाभावी सवारी साधन चलाउन दिने प्रवृत्तिसमेत त्यत्तिकै दोषी रहेको सडक यातायातका जानाकारहरू बताउ“छन् ।

पक्की र कच्ची गरी मुलुकभर ६६ हजार ४ सय किलोमिटर सडक सञ्जाल छ, जसमध्ये सडक विभागको प्रत्यक्ष मातहतमा रहेको केन्द्रीय सडक सञ्जाल १४ हजार ४ सय किमी छ भने ग्रामीण सडक ५२ हजार किमी छ । ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार), जिविस, नगरपालिका र गाविसले देशभर ५२ हजार किलोमिटर ग्रामीण सडक निर्माण गरिसकेका छन्, त्यसमध्ये मुस्किलले १० हजार किमी ग्रामीण सडकमात्र गाडी चलाउन योग्य रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी बताउ“छन् । 
ती अधिकारीका अनुसार गाडी चलाउने स्तरका नभए पनि देशभरका ती ग्रामीण सडकमा बस, मिनीबससहितका सार्वजनिक यातायात निर्वाध सञ्चालन भइरहेका छन् । सडक विभागका पूर्व महानिर्देशक हरिओम श्रीवास्तवले ग्रामीण सडकमात्र नभई ट्रयाकमात्र खुलेका, अर्को गाडीलाई साइडसमेत दिने ठाउ“ नभएका, बाटो छेउमा टेवा पर्खाल नबनाइएका, ब्यारियर नभएका सडकमा गाडी चलाउ“दा ग्रामीण भेगमा बढी दुर्घटना हुने गरेको बताए । 
उनले ट्रयाकमात्र खुलेको, तर निर्माणकै क्रममा रहेको, गाडी चलाउन योग्य नभइसकेको कर्णाली राजमार्गमा स्थानीयबासी र राजनीतिक नेताको दबाबमा सार्वजनिक सवारी साधन चलाएका कारण त्यहा“ बढी दुर्घटना हुने गरेको उदाहरणसमेत दिए । उनका अनुसार कर्णाली लोकमार्गमा ट्रयाक खोल्नेसहित १५÷२० प्रतिशतमात्र काम भएको छ । कुनै पनि सडकको निर्माण सम्पन्न नभई यातायात चलाउन दिइनु पनि गाडी दुर्घटनाको जोखिम बढाउनु हो । 
‘जिविसको मातहत रहेको ५२ हजार किमी सडकमध्ये १० हजार किमीमात्र सार्वजनिक सवारी साधन चलाउन योग्य छ, बा“की गाडी चलाउन योग्य छैन । तर गाडी भने सबै सडकमा चलाइएको छ । हाल जति दुर्घटना भइरहेको छन्, त्यसको ३३ प्रतिशत दुर्घटना ग्रामीण सडकमा भएका छन् । जबकि ग्रामीण सडकमा कुल सवारी साधनको १० प्रतिशतमात्र गुड्छन्’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले कान्तिपुरसित भने । उनका अनुसार अरू सडकभन्दा ग्रामीण सडकमा तीन गुना बढी दुर्घटना हुने गरेको छ । 
सडक विभाग या कार्यालयले यो सडक गाडी चलाउन योग्य छ भनेर प्रमाणित गरेको र त्यसका आधारमा यातायात कार्यालयले रोड पर्मिट दिएपछिमात्र सार्वजनिक सवारी साधन चलाउन पाइने कानुनी व्यवस्था छ । तर, देशभरका ग्रामीण सडकमा यो कानुनी व्यवस्थाविपरीत जथाभावी सवारी साधन चलाइएको छ । 
सिटौला भन्छन्( ‘टाटासुमोजस्ता साना गाडीमात्र चलाउन सकिने ट्रयाकमात्र खुलेका, सा“घुरा सडकमा रोड पर्मिटबिना नै यात्रुवाहक ठूला बस र मिनी बस चलाइएको छ । त्यसले गर्दा यातायातको जोखिम बढै गएको हो ।’ ट्रयाकमात्र खुलेका कच्ची सडकमा समेत क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने प्रवृत्तिले समेत दुर्घटना बढेको हो ।
यातायात विभागका अधिकारीहरूका अनुसार ग्रामीण भेगमा कच्ची सडक खुल्नासाथ प्रमुख जिल्ला अधिकारी र स्थानीय दलका नेता र यातायात व्यवसायीले आफूखुसी निर्णय गरी कानुनविपरीत अस्थायी इजाजत दिएर सार्वजनिक सवारी साधन सञ्चालन गराउ“छन् । कतिपय सडकको हकमा त स्थानीयबासी र यातायात व्यवसायीमात्रै मिलेरै गाडी कुदाउन थाल्छन् । ग्रामीण क्षेत्रमा सडक विभाग या कार्यालयबाट आफ्नो ठाउ“को सडक गाडी चलाउन लायक छ कि छैन भनेर प्रमाणित गराउने र यातायात कार्यालयको रोड पर्मिट लिनेतर्फ बेवास्ता गर्ने प्रवृत्ति छ ।
भौतिक पूर्वाधार तथा यातायात सचिव सिटौलाका अनुसार सडक विभागले बनाएका र उसले प्रमाणित गरेका केन्द्रीय सडक सञ्जालमा जति गाडी दुर्घटना हुन्छन्, त्यसमा सडकका कारण १० देखि १५ प्रतिशत दुर्घटना हुन्छन् । ‘खाल्डाखुल्डी हुनु र बढी घुम्ती भएका ठाउ“मा ब्यारियर नहुनाले हुने दुर्घटनाको कारणमात्र सडक हो’ उनले भने ।
ट्राफिकको अनुमान छ सडकका कारण २० प्रतिशत दुर्घटना हुने गरेको छ । यातायात विभागका अनुमान छ, सडकका कारण २० देखि २५, सवारी साधनका कारण ३५, चालकको लापर्बाहीले ३० देखि ३५, जथाभावी बाटो काटिदिने, सडकमा जथाभावी सामान राखिदिने कारणले १० देखि १५ प्रतिशत दुर्घटना हुने गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात सचिव सिटौलाले आफ्नो मन्त्रालयले मुलुकमा बढो गाडी दुर्घटना रोक्न आफ्नो मन्त्रालयले कुन सडकमा कस्ता सवारी साधन चलाउन दिने, कुन बाटो सार्वजनिक  सवारीका साधन चलाउन योग्य छ कि छैन अध्ययन थालेको जानकारी दिए । ग्रामीण सडकको हकमा गाडी चलाउन अयोग्य भेटिए त्यहा“ तत्काल सार्वजनिक साधन सञ्चालन गर्न रोकिने बताए । उनका अनुसार मन्त्रालयले देशभरका सडकको अवस्थाको समेत अनुगमन भइरहेको छ ।
मन्त्रालयले अध्ययनस“गस“गै दुर्घटना रोक्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामसमेत गर्दै जाने जानकारी सिटौलाले दिए । केन्द्रीय सडकमा खाल्डाखुल्डी र घुम्ती सडक दुर्घटनाका कारण हुन् । उनले दुर्घटना रोक्न खाल्डाखुल्डी पुरेर सडकलाई दुरुस्त राख्ने र घुम्तीका कारण गाडी छेउमा ठोकिंदा पनि नखस्ने गरी ब्यारियर राख्ने कामसमेत तत्काल सुरु गरिने जानकारी दिए ।  
























No comments:

Post a Comment