Sunday, December 14, 2014

चैतभित्रै थप ६५ मेगावाट विद्युत् उत्पादन हुने

आठ आयोजनामा १२ अर्बभन्दा बढी लगानी
काठमाडौं, २८ मंसिर– स्वदेशी प्रवद्र्धकहरूले लगानी गरेका आठवटा आयोजनाको निर्माण सम्पन्न भई मुलुकमा आउ“दो चैत मसान्तभित्र थप ६५ मेगावाट बिजुली उत्पादन हुने भएको छ । यही चैत मसान्तभित्र विद्युत उत्पादन सुरु गर्ने प्रवद्र्धक कम्पनीलाई पोस्टेड रेट (बिजुलीको बढेको मूल्य प्रतियुनिट वर्षायाममा ४ रुपैया“ ८० पैसा र हिउ“दमा ८ रुपैया“ २० पैसा) पाउने भएकाले धमाधम आयोजना सम्पन्न हुन लागेका हुन् ।
हाल ४३ वटा आयोजनाबाट ७ सय १८ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 
यी आयोजना सम्पन्न भएपछि मुलुकमा जलस्रोतबाट ७ सय ८३ मेगावाट विद्युत उत्पादन पुग्नेछ । विद्युत् प्राधिकरण या उसमातहतको कम्पनीमार्फत् ९ वटा परियोजना निर्माणाधीन भए पनि यस वर्ष कुनै पनि आयोजनाबाट विद्युत उत्पादन सुरु हुने छैन । 

ती आयोजनामा १२ अर्ब रुपैया“भन्दा बढी लगानी भएको जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघका अधिकारीले दिएका छन् । मुलुकमा वर्षेनि विद्युत् माग झन्डै ७० मेगावाटले बढिरहेको छ । चैत मसान्तभित्र उत्पादन सुरु गरिसक्ने यी आयोजनाले हिउ“दमा नभए पनि वर्षायाममा भने एक वर्षमा बढ्ने विद्युतको मागलाई धेरै हदसम्म भरथेग गर्नेछ । यी आयोजनाबाट उत्पादित बिजुलीका कारण आउ“दो वर्ष वर्षायाममा अघिल्लो वर्षको तुलनामा लोडसेडिङ बढ्ने छैन । 
यसै वर्षभित्र विद्युत् उत्पादन सुरु गर्नेमा इलाम जिल्लास्थित २२ मेगावाटको सानिमा माई हाइड्रो सबभन्दा ठूलो आयोजना हो । यस आयोजनामा गैर आवासीय नेपालीहरूको सानिमा ग्रुपले ३ अर्ब ११ करोड रुपैया“ लगानी गरेको जानकारी आयोजना प्रमुख सुवर्णदास श्रेष्ठले दिए ।
उक्त आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेको छ, तर प्रसारण लाइन निर्माण नभइसकेका कारण उक्त आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडेर वितरण हुन पाएको छैन । उक्त आयोजनालाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने काबेली कोरिडोर निर्माण हुन अझै दुई महिना लाग्नेछ । 
उक्त आयोजनाको बिजुली तत्काललाई इलामको गोदकबाट ३३ केभीको प्रसारण लाइन हु“दै पुवा खोला आयोजनाको सबस्टेसनमार्फत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम भइरहेको छ । यो दोस्रो विकल्पबाट सानिमा माईबाट उत्पादित बिजुली दुई साताभित्रै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । 
यसै वर्ष विद्युत् उत्पादन सुरु गर्ने अर्को आयोजना हो– ताप्लेजुङ जिल्लास्थित १० मेगावाटको अपर हेवा । यसमा पूर्व सांसद वसन्त नेम्वाङलगायतको लगानी रहेको छ । पञ्चकन्या ग्रुपको लगानी रहेको १० मेगावाटको अपर माई आयोजनाको समेत यसै वर्षभित्र निर्माण सम्पन्न भई बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने जानकारी स्रोतले दिएको छ ।
यसै वर्ष निर्माण सम्पन्न भई बिजुली उत्पादन सुरु गर्नेमा ५ मेगावाटको अपर हुग्दी, ५ मेगावाटकै रुरु हाइड्रो, ३ मेगावाटको अपर पुवा, २.५ मेगावाटको बोजिनी जिरी छन् । बुटवल पावर कम्पनीले यसै वर्ष आ“धी खोला जलविद्युत् आयोजनाको उत्पादन क्षमता बढाई ९.४ मेगावाट पु¥याउ“दैछ । यसअघि उक्त आयोजनाबाट ५.१ मेगावाट बिजुली उत्पादन हु“दै आएको थियो । यी आयोजनामध्ये अपर पुवाले निर्माण सम्पन्न गरी परिक्षण उत्पादन सुरु गरिसकेको छ । एक÷दुई साताभित्रै उक्त आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।

No comments:

Post a Comment