Friday, December 19, 2014

राष्ट्रपति यादवद्वारा पाकिस्तानी घटनाप्रति दुःख व्यक्त

काठमाडौं, ३ पुस– राष्ट्रपति रामवरण यादवले पाकिस्तानको पेशावरस्थित स्कूलमा गरिएको आतंककारी आक्रमणबाट ठूलो संख्यामा निर्दोष बालबालिकाको मृत्यु र घाइत भएको घटनाले आफू अत्यन्त स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनलाई बुधबार शोक सन्देश पठाई बालबालिकामाथि भएको बर्बर आक्रमणको घटनालाई मानवताविरोधी क्रुर अपराधको संज्ञा दिंदै कडा भत्सर्ना गरेका छन् । यादवले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट आतंककारी हमलाबाट ठूलो संख्यामा निर्दोष बालबालिका मारिएको र घाइते भएको घटनाप्रति दुःख प्रकट गरेका छन् । 

यादवले उक्त घटनाबाट दुःखित हुसैन, पाकिस्तान सरकार र पाकिस्तानी जनता र पीडित परिवारप्रति गहिरो समवेदनासमेत प्रकट गरेका छन् । उनले उक्त आक्रमणमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।

No comments:

Post a Comment