Thursday, December 4, 2014

मन्त्रीद्वय बस्नेत र अमात्यले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, १८ मंसिर– प्रधानमन्त्री सुशील कोइराला सरकारका दुई नया“ मन्त्री महेश बस्नेत र दीपकचन्द्र अमात्यले मन्त्रिपरिषदको निर्णय र परम्पराविपरीत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अटेर गरेका छन् ।
भदौ २७ मा नियुक्त उद्योगमन्त्री बस्ने र पर्यटनमन्त्री अमात्यले पदमा बहाल भएको झन्डै तीन महिना हुन लागिसक्ता पनि आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको छ । उनीहरूले मन्त्रिपरिषद कार्यालयमा बुधबारसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । 

मुलुकमा पदमा बहाल भएको १५ दिनभित्र प्रधानमन्त्री र सबै मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने स्थापित परम्परा छ । ०४८ सालको आमनिर्वाचनबाट निर्वाचित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले निर्णय नै गरी प्रधानमन्त्रीसहित सबै मन्त्रीले १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालेका हुन् । 
त्यसपछिका प्रधानमन्त्री र मन्त्रीले मन्त्रिपरिषदको त्यो निर्णय र परम्पराको पालना गर्दै आएका छन् । बस्नेत र अमात्यले मात्र त्यो परम्परालाई लत्याएका हुन् । प्रधानमन्त्री कोइरालासहित अरू मन्त्रीको सम्पत्ति विवरण मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखी सार्वजनिक गरिएको छ । बस्नेत र अमात्यको भने सम्पत्ति विवरण प्राप्त नभएको वेबसाइटमा उल्लेख छ । 


No comments:

Post a Comment