Wednesday, December 31, 2014

प्रधानमन्त्री कार्यालयद्वारा सार्कका बेला भौतिक संरचनाको संरक्षण गर्न निर्देशन

‘तत्काल ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर’
काठमाडौं, १६ पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्क शिखर सम्मेलनका क्रममा राजधानीमा निर्माण तथा मर्मत गरिएका सडक, पेटी, पार्क तथा दुवैतर्फ लगाइएका बोटबिरुवा तथा दुवोको बगैंचाको उचित संरक्षण गर्न सम्बन्धित निकायलाई बुधबार निर्देशन दिएको छ ।
सार्क सम्मेलनको तयारीका क्रममा निर्माण गरिएका भौतिक संरचना भत्कन थालेको र बोटबिरुवा तथा दुवोको बगैंचा नास हुन थालेको सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालय तथा मातहतका निकायका अधिकारीहरूलाई बोलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सडकको दुवैतर्फ लगाइएका बोटबिरुवा र दुवोमा नियमित रूपमा पानी हाल्न तथा गोडमेल गर्नसमेत सम्बन्धित निकायलाई निर्देश गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट सचिव शान्तराज सुवेदीले सडकमा राखिएका सोलार बत्ती बिग्रिएकोतर्फसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउ“दै तत्काल चुस्तदुरुस्त बनाउनसमेत आग्रह गरेका छन् ।
सरकारका तर्फबाट उनले निर्माण तथा विस्तार कार्य बा“की रहेका सडक, विद्युत्, टेलिफोन तथा केबुलका तारहरू र सडक बत्ती राख्ने कार्य यथाशीघ्र सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री कार्यालयले काठमाडौं उपत्यकाको सडक विस्तारको कार्य अपेक्षित गतिमा अगाडि बढ्न नसकेकामा चिन्ता व्यक्त गर्दै सिनामंगल–मैतीदेवी–डिल्लीबजार खण्ड तथा दुवैतर्फबाट रत्नपार्क जोड्ने सडक तथा अन्य सहरी सडकहरूको विस्तार र पुनर्निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले गरेको छलफलमा भौतिक पूर्वाधार तथा यातायात, स्थानीय विकास, वाणिज्य मन्त्रालय, सहरी विकास मन्त्रालय, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, सडक विभाग, उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरका अधिकारीहरूको सहभागी थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हाल देशभर खाना पकाउने ग्यास, पेट्रोल, डिजेललगायतको पेट्रोलियम पदार्थको किन अभाव भइरहेको हो भन्ने प्रश्न गर्दै तत्काल आपूर्ति गर्न÷गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले कृत्रिम अभाव सिर्जना गर्नेलाई हदैसम्मको कारबाही गर्न, अभाव नहुने गरी पेट्रोलियम पदार्थको तत्काल आपूर्ति गराउन र इन्धनको पर्याप्त मौज्दात राख्न तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ ।

No comments:

Post a Comment