Thursday, February 13, 2014

कोइरालाद्वारा राष्ट्रपतिसमक्ष सपथग्रहण

  • एमालेद्वारा सपथग्रहण कार्यक्रम बहिष्कार
  • महतमात्र मन्त्री नियुक्त
काठमाडौं, २८ फागुन– नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार अपराह्न पद तथा गोपनियताको सपथ खाएका छन । राष्ट्रपति रामवरण यादवले कोइरालालाई शीतल निवासमा आयोजित कार्यक्रममा सपथग्रहण गराएका थिए ।
नेकपा एमालेले आफ्नै पार्टीसितको सहकार्यमा प्रधानमन्त्री निर्वाचित कोइरालाको सपथग्रहण कार्यक्रम बहिष्कार ग¥यो । राष्ट्रपति कार्यालयद्वारा एमालेका सबै नेता तथा सभासदलाई सपथग्रहण कार्यक्रममा आमन्त्रण गरिए पनि कोही पनि उपस्थित थिए ।
प्रधानमन्त्री आफ्नो पार्टीलाई गृह मन्त्रालय दिने सहमतिबाट पछि हटेको आरोप लगाउ“दै एमालेले मंगलबार दिउ“सो नै सरकारमा सहभागी नहुने र सपथग्रहण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल भने सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । एमालेले पूर्वप्रधानमन्त्रीका रूपमा खनाल र नेपाल कार्यक्रममा सहभागी हुने र अरू सबैले बहिष्कार गर्ने निर्णय गरेको थियो ।
एमाले सरकारमा नआएपछि सपथ लिएकै दिन पा“चसदस्यीय मन्त्रिपरिषद गठन गर्ने कोइरालाको योजना पूरा हुन सकेन । कांग्रेसभित्रै पनि कसलाई उपप्रधानमन्त्री दिने भन्ने विवादका कारण कोइरालाले बुधबार नेता रामशरण महतलाई मात्रै बिना विभागीय मन्त्री नियुक्त गरी सपथ खुवाए ।
कोइरालाले आफ्नो पार्टीबाट महामन्त्री प्रकाशमान सिंह र महतलाई मन्त्रीका रूपमा सपथ खुवाउने तयारी गरेका थिए । तर, सिंहले उपप्रधानमन्त्री नपाएसम्म सपथ नखाने भनेपछि कोइरालाले महतलाई मात्रै मन्त्री नियुक्त गरेका हुन । कोइरालाले कांग्रेसले गृहमन्त्रालय लिएर एमालेलाई अर्थमन्त्रालय दिने उद्धेश्यले महतको मन्त्रालय नतोकेका हुन् ।

कोइरालाले सपथ लिंदा आफनो नाम उच्चारण गर्न छुटाएका थिए । पछि राष्ट्रपतिले नाम भन्न संकेत गरेपछिमात्रै उनले आफ्नो नाम उच्चारण गरेका थिए । कोइराला  महतलाई सपथ खुवाउ“दा पनि झुक्किए । ‘जनतामा’ निहित सार्वभौमसत्ता भन्नुपर्नेमा ‘राजनीतिमा’ निहित भनेर पढेका थिए । पछि उनले सच्याएर पढेका थिए । कोइरालाले २ बजेर ५५ मिनेटमा सपथ लिएका थिए । ज्योतिषस“गको परामर्शमा समय मिलाएर कोइरालाले सपथ लिएका हुन ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका निवर्तमान अध्यक्ष खिलराज रेग्मी, संवैधानिक अंगका पदाधिकारी सहभागी थिए । प्रधानमन्त्री निर्वाचनमा विपक्ष मतदान गर्ने एमाओवादीलगायत अन्य सबै दलका नेता भने सपथमा उपस्थिति थिए ।
सपथ कार्यक्रममा एमालेको अनुपस्थिति सहभागिहरूबीच विशेष चर्चाको विषय बनेको थियो । सहभागीहरूले गृहमन्त्रालय नै चाहिने रहस्य के हो भन्दै पूर्वगृहमन्त्रीहरुलाई प्रश्न गरिरहेका थिए । कार्यक्रममा निवर्तमान गृहमन्त्री माधव घिमिरे, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्णवहावदुर खड्कालगायतको उपस्थिति थियो ।
सपथ कार्यक्रमलगतै कोइरालालाई बधाई दिन पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । त्यसपछि बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनालले बधाई दिए । बधाई दिने क्रममा कोइरालाले खनालस“ग सपथ कार्यक्रम बहिष्कार गर्दा राम्रो सन्देश नगएको सुनाउन भ्याए । उनले दुई पार्टीबीच बसेर विवाद मिलाउन जोड दिएका थिए । सपथ लिएपछि कोइरालाले सहिद गेट पुगेर चार सहिदको शालिकमा माल्यार्पण्ँ गरेका थिए ।
कोइरालाको पहिलो निर्णय
कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ५ हजार रुपैया“भन्दा बढीको भुक्तानी दिनुपर्दा तीन दिन वेबसाइटमा राखेरमात्र दिने निणर््ँय गरेका छन् । कोइरालाले प्रधानमन्त्री पदमा बहाल भएपछि आफ्नो कार्यालयको सबै खर्च विवरण पारदर्शी बनाउन उक्त निर्णय गरेको जानकारी मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट हुने सामान खरिद, इन्धन खर्चलगायतका सबै भुक्तानी दिनुअघि तीन दिन त्यसको विवरण बेवसाइटमा राखिनेछ ।
‘एक वर्षमा संविधान’
उनले संविधानसभाबाट एक वर्Èमा लोकतान्त्रिक संविधान निर्माण गर्न आफूले सम्पूणर््ँ शक्ति लगाउने बताएका छन् । पद बहालीपछि सञ्चारकर्मीहरूस“ग आफ्नै कार्यकक्षमा बोल्दै उनले
आफूले मुलुकमा सुशासन कायम गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘मैले शान्ति, लोकतन्त्र, विकास र सुशासनका लागि काम गर्नेछु’ उनले भने
अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह
मन्त्रिपरिषदको आइतबार नै बसेको पहिलो बैठकले गोरखा फुजेलका आमरण अनसनरत अधिकारी दम्पतीलाई आन्दोलन फिर्ता लिन अपिल गरेको छ । बैठकले सरकारले फुजेलका नन्दप्रसाद अधिकारी हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउने उल्लेख गर्दै दम्पतीलाई अनसन तोड्न अपिल गरेको हो ।
बैठकले निवर्तमान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहित निवर्तमान मन्त्रीहरूलाई मुलुकमा संविधानसभा चुनाव गराउनेलगायतका दायित्व सफतापूर्वक पूरा गरेकामा धन्यवाद प्रकट गरेको छ । मन्त्रिपरिषले संविधान चुनाव सफल बनाउन भूमिका निर्वाह गरेका निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक र आम जनता सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।

No comments:

Post a Comment