Monday, February 3, 2014

सभासद राउतले ग्रिनकार्ड फिर्ता गरिन्

काठमाडौं, १९ माघ– राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) की प्रमुख सल्लाहकार एवं सभासद निर्जला राउतले आफ्नो ‘ग्रिनकार्ड’ नेपालस्थित अमेरिकी दुतावासमा फिर्ता गरेकी छन् ।
अमेरिकाको ‘ग्रिनकार्ड’ लिइसकेकी राउत सभासद भएको भन्दै पार्टीभित्र र बाहिर विवाद भएपछि उनले दुतावासमा आफैं गएर फिर्ता गरेको जानकारी स्रोतले दियो ।
ग्रिनकार्ड अमेरिकामा स्थायी बसोबास गर्न दिइने अनुमतिपत्रका अतिरिक्त त्यहा“को नागरिकता पाउने प्रक्रिया हो । उनी भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्छन् ।
रामसपाले ‘ग्रिनकार्ड होल्डर’ राउतलाई संविधान निर्माण गर्ने संविधानसभाकै सदस्य बनाएको र अमेरिकी नागरिक हुने क्रममा रहेको व्यक्ति कसरी नेपालप्रति बफादार हुन सक्छन् भन्ने राजनीतिक तथा नैतिक प्रश्न उठ्ने समाचार कान्तिपुरमा प्रकाशित भएपछि उनी विवादमा तानिएकी थिइन् ।
राउतले पहिला पतिसहित आङ्खना छोराछोरी सबै अमेरिकी नागरिक र ग्रिनकार्ड होल्डर भए पनि परिवारमा आफूमात्र नभएको दाबी गर्दै लुकाउन खोजेकी थिइन् ।

पार्टी नेताहरूको आग्रहमा उनले संविधानसभाको सदस्यका रूपमा सपथ लिनु दुई दिनअघि आफ्नो ग्रिनकार्ड दुतावासमा लगेर फिर्ता गरेकी हुन् ।
रामसपा अध्यक्ष शरतसिंह भण्डारीले राउतले ग्रिनकार्ड फिर्ता गरेको स्वीकार गरे । ‘सपथ लिनुअघि नै उहा“ले आफ्नो ग्रिनकार्ड फिर्ता गरिसक्नुभएको छ’ उनले भने ।
अमेरिकी दुतावासले ग्रिनकार्ड आफ्नो देशमा पठाएपछि कानुनतः उनको अमेरिकी नागरिकता लिने प्रक्रिया रद्द हुने जानकारीसमेत स्रोतले दिएको छ ।
ग्रिनकार्ड लिएकी राउतलाई अध्यक्ष भण्डारीले समानुपातिकतर्फबाट सभासद बनाएपछि पार्टी पदाधिकारीले विरोध गर्दै उनको नाम सूचीबाट हटाउन तीव्र दबाब दिएका थिए । तर भण्डारीले उल्टै विरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाउ“दै केन्द्रीस समिति नै भंग गरेका थिए । महासचिव रामेश्वर साहले भने भण्डारीले सभासद बिक्री गरेको आरोप लगाउ“दै पार्टीबाटै राजिनामा दिएका थिए ।
राउत र उनका पतिको नाममा नेपालमा विदेशी लगानीको अम्बेश्वर इन्जिनियरिङ नामक उर्जा कम्पनी छ । उक्त कम्पनीले काली गण्डकी कोभान जलविद्युत आयोजनाको लाइसेन्स लिएर सम्भाव्यता अध्ययनको काम अगाडि बढाइरहेको छ ।

No comments:

Post a Comment