Tuesday, February 18, 2014

भट्टराई र नेपाल प्रधानमन्त्रीको सल्लाहकार नियुक्त

प्रमुख स्वकीय सचिवमा गौतम
काठमाडौ, ६ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले दुई सल्लाहकार र प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् । मन्त्रिपरिषदको निर्णयअनुसार कोइरालाले आङ्खनो विदेश मामिला सल्लाहकारमा पूर्वसहसचिव दिनेश भट्टराई, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन् ।
भट्टराई स्वीटजरल्यान्डमा नेपालका लागि राजदूतसमेत भइसकेका व्यक्ति हुन् । भट्टराई र नेपाललाई राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिएका छन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हु“दा नेपाल सल्लाहकार थिए ।

प्रधानमन्त्रीले आफ्नो प्रमुख स्वकीय सचिवमा वसन्तराज गौतमलाई नियुक्त गरेको कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवसमेत रहिसकेका गौतम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समेत प्रमुख स्वकीय सचिव थिए । उनलाई सरकारको मुख्यसचिव सरह सेवा सुविधा पाउने गरी नियुक्त गरिएको हो ।






No comments:

Post a Comment