Sunday, February 9, 2014

मालपोत प्रमुख तिमिल्सिनासहित ६ विरुद्ध मुद्दा दायर

काठमाडौं, २६ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख (उपसचिव) हरिकृष्ण तिमिल्सिनासहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
काठमाडौंको वडा नं. ५ र ७ को चार कित्ता निजी गुठीको करोडौं मूल्य पर्ने जग्गा दलालसितको मिलोमतोमा रेकर्डमा रहेको विवरण सच्याएर रैकर बनाई बिक्री वितरण गरेर भ्रष्टाचार गरेकाले तिमिल्सिनासहित छ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा तिमिल्सिनाका अतिरिक्त मालपोत कार्यालयका कम्प्युटर अपरेटर इन्द्रसिंह सामन्त, फा“टवाला अम्बिका दाहाल, अर्जुन खतिवडा र जग्गा दलाल राजेश कर्माचार्य र लक्ष्मीनारायण महर्जन छन् ।

उनीहरूले निजी गुठीको सट्टापट्टा र बिक्रीवितरण गर्न नमिल्ेन धोबीखोलासित जोडिएको चार कित्ता जग्गाको मालपोत कार्यालयमा रहेको अभिलेखमा भएका अक्षर खुर्केर मेटाएको र त्यसको मिसिल कागजातसमेत गायब पारी रैकरमा परिणत गरेर तेस्रो पक्षलाई बिक्री गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले ती छ जनामाथि भ्रष्टाचार ऐनबमोजिम भ्रष्टाचारको कसुरमा उनीहरूमाथि हदैसम्मको सजाय गर्न तथा हानिनोक्सानी पु¥याएको बिगोसमेत तिराउन अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment