Friday, February 14, 2014

एमालेलाई गृह मन्त्रालय नदिन दबाब

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका २५ सभासदद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौं, १ फागुन– संविधानसभा सदस्य रहेका कांग्रेसका २५ जिल्ला सभापतिले प्रधानमन्त्री सुशील कोइराला एमालेका नेता वामदेव गौतमलाई कुनै पनि हालतमा गृह मन्त्रालय नदिन दबाब दिएका छन् ।
उनीहरूले बिहीबार प्रधानमन्त्रीलाई उनकै कार्यालयमा भेटेर ज्ञापनपत्र (लिखित सुझाव) दिई एमालेलाई गृह मन्त्रालय नदिन दबाब दिएका हुन् । उनीहरूले एमालेका गौतमलाई गृह मन्त्रालय दिइएमा सरकारले छ महिनामा गराउने भनेको स्थानीय चुनावमा कांग्रेसलाई अनिष्ट हुने चेतावनीसमेत दिएका छन् ।
‘गौतमलाई गृह दिनु भने अब छिट्टै हुने स्थानीय निकाय चुनावमा धा“धली हुन दिनु हो’ उनीहरूको भनाइ थियो । उनीहरूले सरकारको प्राथमिक दायित्व शान्ति सुव्यवस्था कायम गर्नु भएको स्मरण्ँ गराउ“दै प्रधानमन्त्रीको सफलताका लागि पनि गृह मन्त्रालय कांग्रेसस“गै हुनुपर्ने जिकिर गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई दिएको लिखित सुझावमा गृह मन्त्रालय प्रधानमन्त्रीको पार्टीस“ग रहने परम्परा कायम राख्न पनि एमालेलाई दिन नहुने तर्क अघि सारेका छन् । कांग्रेस र एमालेबीच सरकार गठनका क्रममा भएको सहमतिमा ६ महिनाभित्र स्थानीय निकाय निर्वाचन गर्ने उल्लेख छ ।
२०५४ सालमा उपप्रधान एवं गृहमन्त्री हु“दा गौतमले एमालेलाई जिताउन गृह प्रशासन र राज्य शक्तिको चरम दुरुपयोग गरेको जिकिर सभापतिहरूको थियो ।
उनीहरूले पार्टीबाट मन्त्री बनाउ“दा सभासद् रहेका जिल्ला सभापतिहरूलाई प्राथमिकता दिनसमेत प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । राजनीतिक नियुक्तिमा कांग्रेस जिल्ला समितिको सिफारिस अनिवार्य गर्नुपर्ने मागसमेत उनीहरूको छ ।
सभापतिसमेत रहेका सभासद प्रमण्डलमा तनहु“का ध्रुव वाग्ले, कास्कीका यज्ञबहादुर थापा, डोटीका वीरबहादुर बलायर, स्याङ्जाका कमल प“ंगेनी, बर्दियाका सञ्जय गौतमसहित २५ जना थिए ।

No comments:

Post a Comment