Friday, February 14, 2014

कृत्रिम मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौ, २ फागुन– नवनिर्वाचित सरकारले कृत्रिम मूल्य वृद्धि रोक्न बजारको अनुगमनलाई तीव्र पार्ने र कालोबजारी गर्ने व्यवसायीहरूलाई कडा कारबाही गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा मन्त्रिपरिÈद कार्यालयमा शुक्रबार बसेको मूल्य वृद्धि नियन्त्रण्ँ अनुगमन समितिको बैठकले कानुनविपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्न सरकारका तर्फबाट प्रभावकारी कदम चाल्ने निणर््ँय गरेको हो ।
समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, खाद्य प्रविधि, गुणस्तर तथा नापतौल, यातायात, औषधि व्यवस्थालगायतका विभाग तथा खाद्य संस्थानलगायतका प्रमुख अधिकारीहरूलाई बजार अनुगमनलाई तीव्रता दिई कृत्रिम मूल्य वृद्धि रोक्नका लागि कडा कारबाही गर्न निर्देशन दिएको छ ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्ण्ँहरि बा“स्कोटाले कृत्रिम मूल्य वृद्धि, कालोबजारी गर्ने, कृत्रिम अभाव देखाउन सामान लुकाउने, आपसमा मिलोमतो गरी मूल्य तोक्ने, बजारको स्वाभाविक प्रतिस्पर्धालाई कुण्ठित गर्ने व्यापारीलाई कडाभन्दा कडा कारबाही गर्न नियामक निकायहरूलाई निर्देशन दिएका छन् ।
उनले बिचौलियालाई निरुत्साहित गर्न, ढुवानीका साधनमा ढुवानी भाडा कार्टेल गर्न नदिन, सबै बिक्रीस्थलमा अनिवार्य रूपमा मूल्य सूची टा“स गर्न लगाउन, प्रत्येक पैठारीकर्ता र उत्पादकले लेबलमा अनिवार्य रूपमा अधिकतम मूल्य लेख्नुपर्ने प्रावधानलाई कडाइ पूर्वक लागू गराउनसमेत सम्बन्धित निकायका प्रमुखहरूलाई आग्रह गरे ।
बैठकमा वाण्ँिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मीले बजार अनुगमनलाई तीव्र पारिएको उल्लेख गर्दै कानुनविपरीत काम गर्नेलाई कारबाही गरिने बताए । यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले हाल ४० हजार ढुवानीका ट्रक सञ्चालनमा रहेको, वीरगन्जबाट काठमाडौ“ ढुवानी गर्ने दसचक्के ट्रकले २३ हजार रुपैया“भन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिएको र यातायात सिन्डिकेट विरुद्ध कारबाही गर्न विभाग क्रियाशील रहेको जानकारी दिए ।
नेपाल खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले २३ वटा दुर्गम जिल्लामा चामलको ढुवानी भइरहेको, हाल संस्थानस“ग एक लाख ५५ हजार क्विन्टल चामल जगेडामा रहेको, ३० करोड रुपैया“को ९० हजार क्विन्टल धान किसानस“ग खरिद गरिसकेको जानकारी गराउ“दै चालु आथिर्क वर्Èमा डेढ लाख क्विन्टल धान खरिद गरिने बताए । चालु आवमा सरकारले ४६ करोड रुपैया“ ढुवानी अनुदान दिएको र मूल्य नियन्त्रण्ँ गर्न संस्थान सतर्क रहेकोसमेत उनले जानकारी गराए ।
बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक ओमसिद्धि गुभाजु, गुण्ँस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साह, औÈधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजु, खाद्य प्रविधि तथा गुण्ँ नियन्त्रण्ँ विभागका निमित्त महानिर्देशक विनयप्रसाद श्रेष्ठ, वाण्ँिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायण्ँ बिडारी, भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यलगायतले जनतालाई सेवा प्रदान गर्ने काममा कुनै पनि कसुर नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


No comments:

Post a Comment