Friday, February 21, 2014

एमाले नआए पनि कोइराला मन्त्रिपरिषद विस्तारको तयारीमा

काठमाडौं, ९ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार दल एमाले सत्तामा नआए पनि छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । कोइराला सानो एवं चुस्त मन्त्रिपरिषद विस्तार गर्ने र एमालेलाई सरकारमा ल्याउन सहमतिका लागि प्रयास जारी राख्ने निर्णयमा पुगेको जानकारी कांग्रेस नेता एवं वार्ता समितिका सदस्य दीपकुमार उपाध्यायले दिए ।
एमालेले स्थायी समिति बैठकबाट बिहीबार गृह नपाई सत्तामा नजाने अडान दोहो¥याएको र कोइरालाले भने आफ्नो पार्टी कांग्रेसबाट मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अघि बढाएपछि दुई दलबीचको विवाद अझ बढ्ने भएको छ ।  कोइरालाले १०÷११ जनासम्मको मन्त्रिपरिषद बनाउने जानकारी उपाध्यायले दिए ।
मन्त्रिपरिषद विस्तार हुन नसकेका कारण अघिल्लो साता संसद बैठकबाट प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यक्रम एक साता पछि सरेको थियो । संसद बैठक शुक्रबार बस्दैछ । संसदबाट आफूलाई शुभकामना दिने कार्यक्रमअगावै मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब परेको थियो ।

उनका अनुसार एमालेसित गृह मन्त्रालयलाई लिएर भएको विवादका कारण मन्त्रीहरू नियुक्ति नहु“दा मन्त्रालयहरूको कामकारबाही नै रोकिएका कारण कोइराला पहिलो चरणमा आफ्ना पार्टीका सदस्यहरूमात्र राखेको सानो मन्त्रिपरिषद बनाउने तयारीमा लागेका हुन् । मन्त्रीहरूलाई जिम्मेवारी बा“डेपछि मन्त्रालयहरूको अवरुद्ध काम सुचारु हुनेछ ।
‘प्रधानमन्त्रीले एमालेले पाउने मन्त्रालयहरू सुरक्षित राखेर मन्त्रिपरिषद विस्तार गर्नुहुनेछ’ उपाध्यायले भने– ‘मन्त्रिपरिषद विस्तार भए पनि कांग्रेसले एमालेसित सहमतिको प्रयासलाई जारी नै राख्नेछ ।’
उपाध्यायका अनुसार कांग्रेस र एमालेबीच बराबरी मन्त्रालय बा“ड्ने समझदारी भएको थियो । समझदारीअनुसार २६ मन्त्रालयमध्ये कांग्रेसले १३ र एमालेले १३ वटा पाउनेछन् । सत्तामा अरू दलमा पनि आएमा कांग्रेस र एमालेले आ–आफ्नो भागबाट मन्त्रालय छाडेर दिने समझदारीसमेत भएको जानकारी उनले दिए ।
कोइराला र कांग्रेसको वार्ता समितिले एमालेलाई गृह र अर्थबाहेक अरू मन्त्रालय रोजेर लिन बारम्बार प्रस्ताव गरिरहेको जानकारी उपाध्यायले दिए । एमालेले पूर्व सहमतिअनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने भनेर सरकार निर्माणमा बखेडा गरिरहेको बुझाइ कोइरालाको छ । 
प्रधानमन्त्री एमालेलाई गृह र अर्थ दिने मनस्थितिमा छैनन् । उनलाई एमालेलाई गृह नदिन वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरूले दबाब दिइरहेका छन् ।
आफूलाई थाहा नै नभई एमालेबाट कांग्रेसले आफूलाई गृह मन्त्रालय दिने सहमति गरेको भनेर प्रचार भइरहेकामा कोइराला आक्रोशित र आश्चर्यचकित रहेको स्रोतले उल्लेख गरेको छ । ‘मलाई थाहा नै नभएको विषयमा कांग्रेस र एमाले सहमति भयो भन्न कसरी मिल्छ ?’ कोइरालाले कांग्रेस नेताहरूसित प्रश्न गर्ने गर्छन् ।



No comments:

Post a Comment