Monday, February 10, 2014

प्रधानमन्त्री कोइरालाको व्यक्तिगत विवरण

जन्मः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान ः विराटनगर मोरङ्
स्थायी ठेगाना ः नेपालगञ्ज–१३, बाँके
वैवाहिक स्थितिः अबिवाहित
पिता ः बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ ः ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक  कोइराला,विजय कोइराला)
दिदीबहिनी ः ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )
राजनीतिमा संलग्नता ः
ड्ड    २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
ड्ड    नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
ड्ड    २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
ड्ड    २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
ड्ड    २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
ड्ड    २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
ड्ड    २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
ड्ड    बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि  नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
ड्ड    राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
ड्ड    २०१७ सालदेखि २०३७ सालसम्म भारतमा  निर्र्वािसत ।
ड्ड    २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
ड्ड    २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
ड्ड    २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
ड्ड    २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
ड्ड    २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
ड्ड    २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
ड्ड    २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
ड्ड    निरड.कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
ड्ड    प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।

पार्टीमा जिम्मेवारी
ड्ड    पार्टी सदस्यः २०१२ साल
ड्ड    सम्पादक ः तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
ड्ड    पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
ड्ड    विदेश विभाग प्रमुखः २०४५।४६ (सन १९९० )मा
ड्ड    पार्टी महामन्त्री ः नवौं महाधिवेशन २०५३,पोखरापछि
ड्ड    पार्टी  उपसभापतिः २०५५ असोज २० गते
ड्ड    कर्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
ड्ड    सभापति ः बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।
विधायिकी यात्रा
ड्ड    संसदीय दलको नेता  निर्वाचित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
ड्ड    दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित ः बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
ड्ड    प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
ड्ड    निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
ड्ड    पहिलो संविधान सभाः २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
ड्ड    प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ः विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
ड्ड    संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा ः प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
ड्ड    प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
ड्ड    प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन ःबाँकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
ड्ड    संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता ः
ड्ड    संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
ड्ड    संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
ड्ड    संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौैं
विदेश भ्रमण ः भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक
पार्टीको भ्रमण टोलीको नेतृत्वः
सभा सम्मेलन र सेमिनारमा सहभागिता ः
ड्ड    सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
ड्ड    सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
ड्ड    सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
ड्ड    सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन(कन्भेन्सन) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
ड्ड    सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप(क्ष्ऋब्एए) को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
ड्ड    सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित  आइक्याप(क्ष्ऋब्एए) को दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
ड्ड    सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित आइक्याप(क्ष्ऋब्एए) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
ड्ड    १९९१ मा  श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित छैठौं सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्र्यि प्रतिनिधि मण्डलको सदस्य ।
सपना ः शान्त र समृद्ध नेपाल
सपना पूरा गर्ने माध्यमः जलस्रोत, शैक्षिक ,जनशक्ति, औद्योगिक र पर्यटनको  विकासका साथै कृषि र जडिबुटीको व्यवसायिकीकरण ।


No comments:

Post a Comment