Friday, February 7, 2014

पूर्वलडाकु अधिकारी सेनाको महासेनानीमा बढुवा

क्षेत्री मानार्थ उपरथी
काठमाडौं, २४ माघ– सरकारले माओवादीका पूर्वलडाकु डिभिजन कमान्डर यमबहादुर अधिकारीलाई नेपाली सेनाको प्रमुख सेनानीबाट महासेनानीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रक्षा मन्त्रालयमार्फत् जंगी अड्डाको सिफारिसमा अधिकारीलाई महासेनानीमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
सशस्त्र द्वन्द्व छाडेर माओवादी शान्ति प्रक्रियामा आएपछि उसका लडाकुलाई सातवटा शिविरमा राखिएको थियो । माओवादी लडाकुको इलामको चुलाचुलीस्थित सैन्य शिविरका कमान्डर अधिकारी सेना समायोजना भएपछि नेपाली सेनामा समाहित भएका थिए । तालिम सकिएपछि उनी प्रमुख सेनानी भएका थिए ।
माओवादी लडाकुबाट नेपाली सेनामा समाहित वासुदेव घिमिरे र पद्म तामाङसमेत प्रमुख सेनानी छन् । अधिकारी माओवादी सेनाबाट राष्ट्रिय सेनामा समाहित भएकामध्ये सबभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति भएका छन् । अधिकारी नेपाली सेनाको राष्ट्रिय विकास तथा सुरÔा निर्देशनालयमा कार्यरत छन् । उनलाई सेना समायोजनका क्रममा भएको सहमतिअनुसार बढुवा गरिएको हो ।
क्षेत्री मानार्थ उपरथीमा बढुवा
सरकारले नेपाली सेनाका सहायक रथी रमीन्द्र क्षेत्रीलाई मानार्थ उपरथीमा बढुवा गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा माओवादीको आक्रमणमा परी क्षेत्री अपांग भएका छन् । सेनामा अपांग व्यक्ति उपरथी हुन नमिल्ने भएकाले उनलाई मानार्थ रूपमा बढुवा गरिएको हो । मानार्थ उपरथीमा बढुवा भए पनि उनले विशिष्ट श्रेणी (उपरथी) कै तलबसुविधा र सम्मान पाउनेछन् ।
बढुवा नभएको भए क्षेत्री ५६ वर्षको उमेरमा अनिवार्य अवकास पाउ“थे । बढुवा भएको र राष्ट्रिय सेवा दलमा अनिवार्य अवकास अवधि ६० वर्ष भएकाले क्षेत्री अझै झन्डै ६ वर्षसम्म सेवामा रहनेछन् ।
बागमती सफा बनाउन तीन अर्ब सहयोग
एसियाली विकास बैंक (एडीबी) ले बागमती नदी तटीय सुधार आयोजनाका लागि एसियाली विकास बैंकको ऋण्ँ र सहायता गरी तीन करोड अमेरिकी डलर (तीन अर्ब रुपैया“ सहयोग गर्ने भएको छ । सरकारले एडीबीको सहायता स्वीकार्ने निर्णय गरी अर्थमन्त्रालयलाई सहयोगसम्बन्धी सम्झौता गर्ने अख्तियारी दिएको छ ।
यसैगरी विश्व बैंकले सहरी गरिबमुखी पुनर्उत्पादन नमुना कार्यक्रमका लागि २७ करोड ११ लाख रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । सरकारले उक्त सहयोग स्वीकार गर्ने निर्णय गर्दै सहायतासम्बन्धी सम्झौता गर्ने अख्तियारी अर्थमन्त्रालयलाई दिएको छ ।


No comments:

Post a Comment