Monday, February 24, 2014

सहसचिव बराकोटीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषदका सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बराकोटीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषाको ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयलाई ११ र १२ कक्षा (उच्च मावि) सञ्चालनका लागि सम्बन्धन दिने क्रममा बराकोटीले सञ्जयकुमार झाबाट ४० हजार रुपैया“ घूस लिई भ्रष्टाचारको कसुर गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिका अनुसार घूस लिएको ४० हजारलाई बिगो कायम गरी बराकोटीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम सजाय गर्न अभियोगपत्रमा माग दाबी गरिएको छ ।

No comments:

Post a Comment