Monday, February 3, 2014

माथिल्लो तामाकोसीको लागत साढे पाँच अर्ब बढ्ने

निर्माण अवधि नौ महिना लम्बिने 
काठमाडौं, २० माघ– बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत साढे पा“च अर्बभन्दा बढी बढेर ४१ अर्ब रुपैया“ पुग्ने र निर्माण अवधिसमेत नौ महिना ढिलो हुने भएको छ । सुरुमा २०७२ असोजमा सक्ने लक्ष्य राखिएको आयोजनाको निर्माण अवधि लम्बिएर २०७३ असार मसान्तमा मात्र सम्पन्न हुने जानकारी माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका एक अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार ३५ अर्ब २९ करोड लागतमा निर्माणाधीन उक्त आयोजनाको लागत बढेर ४१ अर्ब रुपैया“ पुग्ने भएको छ ।  कमजोर भौगोलिक अवस्थाका कारण्ँ मुख्य सुरुङको डिजाइन परिवर्तन गर्नुपरेको र अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनलगायतका कारण उक्त आयोजनाको लागत साढे पा“च अर्ब रुपैया“ बढेको हो ।
ती अधिकारीले ठेक्कापट्टामा भएको ढिलाइले छ महिना र डिजाइन परिवर्तनका कारण थप तीन महिना निर्माण अवधि बढेर २०७२ असोजमा सकिनुपर्ने उक्त आयोजना नौ महिना ढिलो अर्थात् २०७३ असार मसान्तमा सकिने जानकारी दिए ।
मुख्य सुरुङको खन्न बा“की ३.५ किलोमिटर सुरुङको डिजाइन परिवर्तन गर्नुपरेका कारणले मात्र लागत ७४ करोड बढुनका साथै निर्माण्ँ अवधि तीन महिना लम्बिन लागेको हो । नेपाली ७५÷७६ रुपैया“बराबर एक डलर भएका बेला आयोजना निर्माणको काम सुरु भएको र अहिले अमेरिकी डलरको मूल्य १ सयको हाराहारीमा पुगेकाले लागत बढी बढेको दाबी माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका अधिकारीले दाबी गरेका छन् ।

ती अधिकारीले अमेरिकी डलरमा हिसाब गर्दा भने लागत करिब सवा २ अर्ब रुपैया“मात्र बढ्दैछ ।  ‘सुरुमा लागत अनुमान ४ सय ४१ मिलियन डलर थियो । ठेक्कामा प्रतिस्पर्धा हु“दा लागत अनुमान घट्न गई ४ सय ३६ मिलियन डलरमा झरेको थियो । नेपाली मुद्रोको अवमूल्यन र डिजाइन परिवर्तनलगायतका कारण लागत बढेर ४ सय ६० मिलियन डलर पुग्ने भएको छ । अमेरिकी डलरमा भन्दा २४ मिलियन डलर (सवा दुई अर्ब रुपैया“) मात्र लागत बढ्दैछ, कुल खर्च नेपाली मुद्रामा मात्र हिसाब गर्दा लागत कहालीलाग्दो रूपमा बढी देखिएको हो’ ती अधिकारीले भने ।
ती अधिकारीले निर्माण सुपरिवेक्षण परामर्शसेवा, प्रशासनिक खर्चमा बढोत्तरी, भेरिएसन आदेश तथा विशेष गरेर बजार मूल्यमा अत्यधिक वृद्धि, सुरुङको डिजाइन परिवर्तन, करको दायरामा वृद्धि तथा अब बाँकी अवधिका लागि विनिमय दर १ अमेरिकी डलर बराबर. १ सय पुगेकाले आयोजनाको कुल लागत ४१ अर्ब रुपैया“ पुग्ने अनुमान गरिएको जानकारी दिए ।
मुलुकमा निर्माण्ाँधीन आयोजनामध्ये लक्ष्यअनुसार कार्य अघि बढिरहेको एकमात्र माथिल्लो तामाकोसीमा अकस्मात डिजाइन परिवर्तन गर्नुपरेका कारण्ँ निर्माण्ँ अवधि र लागत दुवै बढ्ने स्थिति उत्पन्न् भएको हो ।
आयोजनाका एक प्राविधिकका अनुसार मुख्य सुरुङको अन्तिम खण्ड (पेनस्टकतर्फ) तिर कमजोर भौगर्भिक अवस्थाका कारण्ँका पानीको बहाव थेग्न नसक्ने अवस्था आएकाले परामर्शदाता कम्पनी नरकन्सल्टको सिफारिसअनुसार मुख्य सुरुङको खन्नुपर्ने बा“की साढे तीन किमि सुरुङको डिजाइन परिवर्तन गरिएको छ ।
नर्वेको विश्व विख्यात कम्पनी सिन्टेफले परीÔण्ँका क्रममा अहिलेकै स्लोपमा सुरुङ बनाउ“दा पेनस्टकतर्फ पानीको चापलाई सुरुङले थेग्न नसक्ने र त्यसबाट सुरुङ विस्फोट भई आयोजनामा अकल्पनीय Ôति पुग्ने प्रतिवेदन दिएको र त्यसैका आधारमा डिजाइन परिवर्तन गरिएको जानकारी आयोजनाका अधिकारीले दिए । कमजोर भौगभिर्क अवस्थाका कारण्ँ सुरुङमाथि र वरिपरिबाट पहिरो आएर पेनस्टक पाइप नै बन्द गराउने तथा सुरुङमा छिद्र भएर पानी बाहिर निस्क“दा दुर्घटना हुन सक्ने खतरा भएकाले परामर्शदाताको सिफारिसमा डिजाइन परिवर्तन गरिएको हो । डिजाइन परिवर्तनका कारण्ँ खनिसकिएको ५ सय मिटर सुरुङमा भने स्टिल पाइप राख्नुपरेको छ ।
स्वदेशी लगानीमा मात्र निर्माण्ाँधीन पिकिङ रन अफ रिभर प्रकृतिको माथिल्लो तामाकोसीको हालसम्म ५७ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनामा हेडवक्र्स कंक्रिट गर्ने काममा ५१, मुख्य सुरुङ निर्माणमा ५८, टेलरेस सुरुङमा ७७, अडिटलगायत अन्य सुरुङमा ९० प्रतिशत, विद्युतगृह र ट्रान्सफर्मर क्यार्भन खन्ने कार्यमा ९८ प्रतिशत काम भइसकेको छ ।
माथिल्लो तामाकोसीमा विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोषको २, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानी रहेको छ भने उक्त आयोजनामा सर्वसाधारणको १५, दोलखा जिल्लाबासीको १०, कर्मचारी सञ्चय कोषका संचयकर्ताको १७.२८, तामाकोशी हाईड्रोपावर कम्पनी र विद्युत प्राधिकरणका कर्मचारीको ३.८४ तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीमा २.८६ प्रतिशतका दरले शेयर लगानी रहनेछ ।







No comments:

Post a Comment