Tuesday, October 18, 2011

विद्युत प्राधिकरणमा कार्यकर्ता नियुक्त

काठमाडौं, १ कात्तिक- ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरण सन्चालक समितिको रिक्त तीन सदस्य मनोनयन गरेको छ । ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले मन्त्रालयस्तरीय निर्णय गरी सन्चालक समितिको सदस्यमा उपभोक्ताका तर्फबाट कृष्णप्रसाद दुलाल विद्युत् क्षेत्रका विश्वप्रसाद गौतम र मोहनराज पन्तलाई नियुक्त गरेका हुन् । तीनै जना हाल माओवादी पार्टीसँग सम्बद्ध रहेको स्रोतले उल्लेख गरेको छ ।
निवर्तमान ऊर्जामन्त्री गोकर्ण बिष्टका पालामा नियुक्त सन्चालकद्वय सुवास कर्माचार्य केदार सन्जेलले राजिनामा दिएपछि रिक्त पदमा नयाँ नियुक्ति गरिएको हो । बिष्टका पालामा नियुक्त अर्का सन्चालक सुजित आचार्यले भने राजिनामा दिएका छैनन् । प्राधिकरण ऐनमा साचालक समितिमा विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका २ उपभोक्तामध्येबाट १ र वित्तीय क्षेत्रबाट १ जना नियुक्त गर्ने व्यवस्था छ । ऊर्जा सचिव अध्यक्ष रहेको प्राधिकरण सन्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने व्यवस्था छ ।

No comments:

Post a Comment