Wednesday, October 19, 2011

साहलाई बचाउन पीडितलाई घुस दिने झा तिवारी हत्याका मतियार

काठमाडौं, २ कात्तिक- वीरगन्जका काशी तिवारीको हत्याको अभियोग लागेका तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई जोगाउन ८ लाख रुपैयाँ पीडितलाई घूस दिने भूमिसुधार मन्त्रालयका विवादास्पद सहसचिव नागेन्द्र झामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले कुनै कारबाही प्रकि्रया सुरु नगरेकामा सरकारी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
आफ्नै तालुकवाला मन्त्री साहलाई बचाउन पीडितलाई एक साताअघि ८ लाख रुपैयाँ दिएर दोषीलाई नपोल्न प्रलोभन दिएको घटनाले झामाथि घुस दिएकोमात्र होइन हत्यारालाई बचाउन खोजेको अर्थ लाग्ने उल्लेख गर्दै ती अधिकारीले त्यस्तो व्यक्तिले कुनै पनि अर्थमा उन्मुक्ति पाउन नहुने र सरकारको जिम्मेवार पदमा बसिरहन नमिल्ने बताए ।
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले विपक्षी दलको मागबमोजिम हत्याको अभियोग लागेका साहलाई बुधबार बर्खास्त गर्दा पनि उनैलाई हत्याको अभियोगबाट बचाउन पीडितलाई घूस दिने भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक झामाथि सरकार र संवैधानिक निकायले कारबाही नथाल्नुले दण्डहीनतालाई बढाउने चिन्ता ती अधिकारीले व्यक्त गरेका छन् ।
वीरगन्जमा तिवारीको हत्या हुँदा झा पसा्रकै प्रजिअ थिए । त्यतिबेला झाले प्रजिअको नाताले तिवारीमा हत्यामा संलग्न साह र उनका सहयोगीहरुलाई पक्राउ गर्न कुनै चासो दिएनन् । तिनै झाले पसा्रको प्रजिअबाट भूमिसुधार मन्त्रालयमा फर्किएपछि उल्टै तिवारीको हत्यामा संलग्नलाई बचाउन पीडित परिवारलाई राजधानीस्थित आफ्नै निवासमा बोलाएर हत्यामा मन्त्री साहलाई नपोल्न भन्दै ८ लाख रुपैयाँ दिएका थिए । पीडित परिवारले झाले साहलाई नपोल्न घूस दिएको भन्दै आफूलाई दिएको रकमसमेत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।
प्रजिअ हुँदा हत्यामा संलग्नलाई पक्राउ गर्न नखोज्नु र पछि साहलाई जोगाउन घूस दिनुले उक्त घटनामा झासमेत अपरोक्ष रुपमा संलग्न रहेको आशंका बढेको छ । अझ एक सय रुपैयाँसम्म घुस िदंदा या िलंदा पनि कर्मचारी या अन्य व्यक्ति कारबाही हुने गरेका उदाहरण हुँदाहुँदै झामाथि छानबिन नभएको घटनाले मुलुकमा घूसखोरीलाई प्रश्रय दिने अधिकारीहरु बताउँछन् ।
भूमिसुधार सचिव लालमणि जोशीले झामाथि कारबाहीको प्रकि्रया सुरु नभएको जानकारी दिए । 'झाविरुद्ध मन्त्रालयमा कुनै उजुरी आएको छैन साचार माध्यममा आएपछि मैले बोलाएर सोधें झाले सत्य होइन भने । उजुरी नआएकाले झामाथि कुनै कारबाही सुरु भएको छैन' जोशीले भने ।
पसा्रमा प्रजिअ हुँदा झा गम्भीर विवादमा परेका थिए । जिल्लामा कानुनी शासन चलाउनुपर्ने झा आफैं भन्सार छली ल्याएको चोरीको गाडीमा पसा्र जिल्लाको शयर गर्ने गर्थे । इष्टमित्रसहित चोरीको गाडीमा हिडिरहेको बेला स्थानीबासीले झालाई नियन्त्रणमा लिएपछि उनी विवादमा परेका थिए ।
झा नापीतर्फका प्राविधिक अधिकारी हुन् । उनीमाथि नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा अख्तियारले छानबिन गरिरहेको छ । नापी विभाग र मातहतका विभिन्न कार्यालयमा रहँदा धूर्त कर्मचारी मानिने झा अन्तरिम सरकारका पालादेखि गृहमा सरुवा भई प्रजिअ भएका हुन् । मधेशी दलहरुले मधेशका जिल्लामा मधेशी प्रजिअ चाहिन्छ भन्ने आवाज उठाएपछि झासहित प्रशासन समूह बाहिरका ५ जनालाई प्रजिअ बनाइएको थियो । झा नापीतर्फबाट प्रजिअ हुने एक्लो अधिकारी हुन् ।
उनी तीन वर्ष गृहमा रहँदा कपिलवस्तु, रुपन्देही र अन्तिम कालमा पसा्रमा प्रजिअ थिए । एमाले अध्यक्ष झलनाथ खनालका पालामा विवादास्पद झालाई भूमिसुधार मन्त्रालयमै फर्काइएको हो ।

No comments:

Post a Comment