Tuesday, October 25, 2011

नेवारी सम्वत् पनि अब राष्ट्रिय क्यालेन्डरमा

काठमाडौं, ८ कात्तिक- सरकारले नेवारी समुदायले मान्दै आएको नेपाल सम्वत्लाई अबदेखि विक्रम सम्वत्सँगै राष्ट्रिय पात्रो क्यालेन्डर मा अनिवार्य प्रयोगमा ल्याउने भएको छ । मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले नेपाल सम्वत्लाई समेत विक्रम सम्वत्सँगै राष्ट्रिय रुपमा प्रयोग हुने सरकारी क्यालेन्डरमा प्रचलनमा ल्याउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
सरकारको यो निर्णयसँगै पाचांग निर्णायक समितिको निर्णयअनुसार सरकारले हरेक वर्ष प्रकाशन गर्ने सरकारी पात्रोमा अब विक्रम सम्वत् नेपाल सम्वत र इस्वी सम्वतमा महिना दिन बार र तिथि उल्लेख गरिने जानकारी स्रोतले दिए । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा नेवारी सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिए पनि राष्ट्रिय क्यालेन्डमा प्रयोग गर्ने निर्णय भने भएको थिएन ।
मन्त्रिपिरÈदले नेपालमा प्रयोग हुँदै आएका अरु सम्वतहरुको अध्ययन गरी तिनलाई समेत राष्ट्रिय क्यालेन्डरमा समावेश गर्न र सरकारले तिनको संवर्धनका लागि गर्नुपर्ने कार्य अध्ययन गरी सिफारिस गर्न पूर्वमन्त्री पद्मरत्न तुलाधरको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा कुमार योन्जन र हरिनारायण्ँ मल्ललाई सदस्य राखिएको छन् । श्रेष्ठका अनुसार समितिलाई एक महिनाको कार्यावधि दिइएको छ ।
साख्वाको नाममा प्रतिष्ठान
मन्त्रिपिरÈद् बैठकले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा राष्ट्रिय प्रतिष्ठान स्थापना गर्ने निण्र्ँय गरेको छ । साख्वाले काठमाडौंबासीको ऋणमोचन गराएर नेपाल संवत सुरु गरी मुलुकलाई योगदान पुर् याएकाले उनको सम्मानमा प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
प्रचण्ड लुम्बिनीको प्रवद्र्धन गर्न जाने
मन्त्रिपरिषदले बृहत्तर लुम्बिनी विकास गर्न माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा गठित राष्ट्रिय निर्देशक समितिलाई लुम्बिनीको प्रवद्र्धन गर्न तथा त्यसको विकासका लागि नयाँ गुरुयोजना तयार गर्नेबारेमा अन्तर्राष्ट्रियस्तरमा छलफल गर्न अमेरिका पठाउने निर्णय गरेको छ । समितिले लुम्बिनीको विकासका बारेमा संयुक्त राष्ट्रसंघ र अमेरिकी सरकारी अधिकारीसित वार्ता गर्ने जानकारी संस्कृति मन्त्रालय स्रोतले दिएको छ । स्रोतका अनुसार दाहाल नेतृत्वमा हुने अमेरिका भ्रमणको कार्यक्रम भने तय हुन बाँकी छ ।
यसअघि मन्त्रिपिरÈद बैठकले दाहालको संयोजकत्वमा ुउच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको हो ।
युवा स्वरोजगारमा रेग्मी
सरकारले युवा स्वरोजगार कार्यक्रमको उपाध्यÔमा डा. पुण्य रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले हालै निधन भएका साउदी अरबका युवराज सुल्तान अब्दुल अजिल अल साउदको अन्त्येष्टि कार्यक्रममा सरकारका तर्फबाट वनमन्त्री मोहम्मद वकिल मुसलमानलाई पठाउने निण्र्ँय गरेको छ ।

No comments:

Post a Comment