Thursday, October 13, 2011

प्रधानमन्त्री कार्यालयमा २४ सै घन्टा 'हेलो सरकार'

काठमाडौं, २६ असोज- सरकारले जनताको प्रत्यक्ष सहभागितामा सरकारी सेवा प्रवाह र कामकारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा २४ सै घन्टा 'हेलो सरकार' सुरु गर्ने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले हेलो सरकार कार्यक्रम सुरु निर्देशिका पारित गरी त्यसलाई तुरुन्तै कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए । हेलो सरकारको साचालनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय यसअघि भन्दा बढी प्रभावकारी हुने विश्वास त्यहाँका कर्मचारीले व्यक्त गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहने हेलो सरकार शाखामा जनगुनासो सुनी तुरुन्त काम गर्न अत्याधुनिक कम्प्युटर, फ्याक्स, टेलिफोन, मोबाइललगायतका साचार सामग्रीसहित २४ सै घन्टा कर्मचारीहरु रहनेछन् ।
हेलो सरकारमा आमजनताले आपतकालीन सहायता उद्धार तथा अपराध नियन्त्रणका लागि २४ सै घन्टा सूचना दिने र सरकारी सेवा प्रवाह तथा कामकारबाहीमा कमजोरी रहे तुरुन्तै गुनासो गर्न विरोध जनाउन र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको जानकारी श्रेष्ठले दिए ।
आमजनताले २४ सै घन्टा इमेल एसएमएस फ्याक्स र टोल प्रुी फोनबाट आपतकालीन सहायता, उद्धार तथा अपराध नियन्त्रणका लागि हेलो सरकारलाई सूचना दिन र सरकारी सेवा प्रवाहका बारमा गुनासोसहित आफ्नो सुझाव दिन सक्नेछन् ।
हेलो सरकारमा प्राप्त हुने आग्रह गुनासा र सुझावलाई तुरुन्त सम्बन्धित निकायमा सूचना दिएर कार्यान्वयन गराउने र निर्देशनअनुरुप काम भए÷नभएको प्रतिवेदन सम्बन्धित निकायबाट हरेक दिन लिइने व्यवस्था मिलाइएको छ ।
सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन सबै मन्त्रालय र केन्द्रीय कार्यालयका सचिव/प्रमुखहरुले हरेक दिन आफ्नो निकायमा हुने कामकारबाहीको प्रतिवेदन बेलुका छ बजे हेलो सरकारलाई दिनुपर्नेसमेत निर्देशिकामा अनिवार्य गरिएको छ ।

No comments:

Post a Comment