Monday, February 18, 2013

नेपाल–चीन हवाई वार्ता गर्न पर्यटन सचिवलाई जिम्मा

काठमाडौं, ७ फागुन– सरकारले नेपाल–चीनबीचको हवाई सम्झौता पुनरावलोकनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेसहितका अधिकारीलाई चिनिया“ उड्डयन मन्त्रालयका अधिकारीसित वार्ता गर्ने जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेसहितका अधिकारीलाई उक्त अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
उपाध्याय कामु सचिवमा बढुवा
सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कायममुकाम सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यज्ञ गौतमले ५८ वर्ष उमेर पूरा गरी आइतबारदेखि अवकास पाएपछि रिक्त भएको पदमा उपाध्यायलाई बढुवा गरेको हो । सरकारले दर्जनौं वरिष्ठ सहसचिवलाई पन्छाउ“दै उनलाई कायममुकायम सचिवमा बढुवा गरेको हो ।
सुरक्षा नीति राजनीतिक समितिमा
मन्त्रिपरिषदले गृह मन्त्रालय प्रस्तावित ‘आन्तरिक सुरक्षा नीति २०६९’ थप छलफलका लागि राजनीतिक समितिमा पठाएको छ । सरकारले हनुमानढोका दरबार क्षेत्रभित्र रहेको मन्दिर ढुकुटी खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ ।
कार्यविधि पारित भएपछि पुरातत्व विभाग, हनुमान ढोका दरबार संरक्षण कार्यालयलाई ढुकुटी खोल्ने बाटो खुलेको जानकारी संस्कृति मन्त्रालयका अधिकारीले दिए । सरकारले २९ वटा जिल्ला अस्पताललाई विकास समितिमातहत सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।


No comments:

Post a Comment